Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsव्यापार घाटाको प्रभावः अब नेपालबाट विदेश जानेले दुई सय अमेरिकी डलर मात्रै लैजान पाउने

व्यापार घाटाको प्रभावः अब नेपालबाट विदेश जानेले दुई सय अमेरिकी डलर मात्रै लैजान पाउने


काठमाडौं । चालु आर्थिक वर्षको सुरु महिनादेखि बढ्दो क्रममा रहेको व्यापार घाटाका कारण अब घुम्नलगायतका अन्य काममा विदेश जानेहरुले दुई सय अमेरिकी डलरभन्दा बढी लैजान नपाउने भएका छन् । विदेशी विनिमय सञ्चितिमा कमी आएपछि नेपाल राष्ट्र बैंकले विदेश जानेहरुलाई दुई सय अमेरिकी डलरभन्दा बढी लैजान नदिनेगरि कडाई गरेको हो ।

अहिलेसम्म वैदेशिक रोजगारीमा जानेले प्रतिव्यक्ति दुई सय र पर्यटक तथा भिजिट भिसामा विदेश जानेले एक हजार पाँच सय अमेरिकी डलरको सटही सुविधा पाउँदै आएका थिए । केन्द्रीय बैंकका अधिकारीहरूले सबै वाणिज्य बैंक र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई विदेश जाँदा दिइने गरेको विदेशी मुद्रा सटही सुविधा दुई सय अमेरिकी डलरमा सीमित गर्न निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको पहिलो महिनादेखि व्यापार घाटा बढेको छ भने रेमिटेन्स आप्रवाह घटेको छ। व्यापार घाटा बढेका बेला रेमिटेन्सको वृद्धिदर उच्च रहेको अवस्था यथावत भए अमेरिकी डलर सटहीमा कडाइ गर्नुपर्ने अवस्था आउँदैनथ्यो। यतिखेर विदेशी मुद्रा आर्जन गर्ने अर्को स्रोत पर्यटक पनि कोरोना महामारीका कारण नेपालमा आउन नपाउँदा बिदेशी मुद्रको सञ्चिती कम हुँदैगएको छ ।

पछिल्लो समयमा पर्यटक भिसामा जानेले सटही सुविधामा पाएको अमेरिकी डलर दुरूपयोग गरेको पाइएपछि नगद नियन्त्रण गर्नुपर्ने आवाज बैंक तथा वित्तीय संस्थाबाटै उठेको थियो । राष्ट बैंकका प्रवक्ता देवकुमार ढकालले ‘ डलरको सिमितताको उद्देश्य अमेरकी डलरको दुरूपयोग रोक्नु मुख्य रहेको बताउनुभयो । यस्तो व्यवस्थाका लागि बैंकहरूले नै माग गरेका कारण कडाई गरिएको उहाँको दाबी थियो । डलर अभाव हुँदै गएपछि राष्ट्र बैंकले तीन वर्षअघि पनि पर्यटक भिसामा विदेश जानेलाई दिँदै आएको दुई हजार पाँच सय अमेरिकी डलरको सुविधालाई एक हजार पाँच सय डलरमा झारेको थियो।

कोरोना महामारी सुरु भएपछि वैदेशिक रोजगारीबाट अनुमान गरिएभन्दा बढी रेमिटेन्स प्राप्त भएपछि गत वर्षसम्म अमेरिकी डलरको अभाव भएको थिएन। तर करिब डेढ वर्षदेखि कैयन गन्तव्य मुलुकबाट नेपाली कामदारलाई बोलावट नभएपछि त्यसको असर विदेशी मुद्र सञ्चितिमा परेको विज्ञहरु बताउँछन्। ‘नगदमा हुने गरेको सटही सुविधा कार्डमार्फत होस् भनेर विदेश जाँदा दुई सय डलरसम्म नगद दिने प्रक्रियाको थालनी गरिएको राष्ट्र बैंकले जनाएको छ । कोरोनाका कारण वैदेशिक रोजगारीबाट करिब ६ लाख नेपाली फर्किएका छन्। विदेशबाट फर्कने क्रम बढेको तर जान नपाएका कारण रेमिट्यान्समा समेत प्रभाव परेको छ ।

नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले पछिल्लो समयमा अर्थतन्त्रका कतिपय सूचक नकारात्मक देखिएकाले विदेशी विनिमय सञ्चितिका लागि सतर्कता अपनाउन जरूरी रहेको बताउँनुभयो । विदेश जानेलाई दुई सय अमेरिकी डलरको सटही सुविधा दिनेबारे बैंकरहरूबीच छलफल भए पनि राष्ट्र बैंकले परिपत्र नै जारी गरिनसकेको कतिपय बैंकर्सहरुले बताएका छन् । राष्ट्र बैंकले भने दुई सय अमेरिकी डलरको नगद सटही सुविधा लिएपछि बाँकी रकम आवश्यक पर्नेले कार्ड प्रयोग गर्न सक्ने बताएको छ । पछिल्ला दिन उच्च आयातका कारण व्यापार घाटा बढेर शोधनान्तर ऋणात्मक भएको छ। असारको तुलनामा साउनमा विदेशी मुद्राको सञ्चिति ४४ अर्ब २१ करोड रूपैयाँले घटेर १३ खर्ब ५४ अर्ब ८२ करोड रूपैयाँमा झरेको छ।

गत वर्ष वैदेशिक रोजगारीमा गएका युवाले नौ खर्ब ६१ अर्ब रूपैयाँ रेमिटेन्स पठाएका थिए। सोही वर्ष महामारीका कारण गाडीलगायत विलासी वस्तुको आयातमा पनि कमी आएको थियो। तर साउनपछि आयात बढ्दो क्रममा देखिदा रेमिटेन्स घटेको छ। यसको प्रभाव सिधै विदेशी मुद्राको सञ्चितिमा परेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6