Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआज दशैंको छैटौं दिन, देशभरका शक्तिपिठमा कात्यायनी देवीको पूजा गरिदै

आज दशैंको छैटौं दिन, देशभरका शक्तिपिठमा कात्यायनी देवीको पूजा गरिदै


काठमाडौं । हिन्दुहरुको महान पर्व बडा दशैंको छैटौं दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै छ । माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ ।

यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । यहि विश्वासका आधारमा दसैको छैटौँ दिन कात्यायनी देवीको पूजा गर्ने गरिन्छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएको किंवदन्ती रहेको छ । तत्पश्चात उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेको बताइन्छ । राजर्षि जनककी पुत्री जानकी भएझैं कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएको जनविश्वास रहिआएको छ । माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ । हातमा चम्किलो खड्ग धारण गरेकी कात्यायनीको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ ।

अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनीलाई माता पार्वतीको सौर्य अवतार समेत मानिन्छ । देवी कात्यायनीको पूजाआराधनाका लागि आज देशभरका देवीमन्दिर, शक्तिपीठ तथा दशैंघरहरुमा भक्तहरुको बाक्लो उपस्थिति देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6