Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए प्रधानन्यायाधीश जबराले पनि दिने !

प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए प्रधानन्यायाधीश जबराले पनि दिने !


काठमाडौं । पछिल्लो समय उच्च न्यायिक निकाय सर्वोच्च अदालत चरम राजनीति र गुटबन्दीको शिकार बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सत्ता गठबन्धनसँग भागवण्डा मागेको आरोप लगाइदैगर्दा सर्वोच्च भित्र र बाहिरबाट समेत राजीनामा मागिदैछ ।सञ्चारमाध्यममा उठेका प्रश्न र बाहिरि चर्चापरिचर्चाका कारण प्रधानन्यायाधीश राणामाथी चौतर्फी घेराबन्दी गरिदैगर्दा आम सेवाग्राहीको अदालती सेवा समेत प्रभावित हुन थालेको छ ।

अदालतभित्रै गुटबन्दी गरेर मुद्धाको बहस समेत अवरुद्ध गरिरहेका १३ जना न्यायाधीशले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटे । आफूलाई मार्गप्रशस्त गर्न आग्रह गरेका न्यायाधीशहरूलाई भेटका क्रममा जवराले कडा जवाफ फर्काएका छन् । प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए मात्रै आफू मार्ग प्रशस्त गर्न तयार रहेको अन्यथा हल्लाको पछि लागेर र कसैले कुनै स्वार्थले लेखेका लेखाएका समाचारको पछि लागेर राजीनामा दिदै जाँदा न्यायालय नबच्ने जवाफ जबराले फर्काएका छन् । राणाले न्यायाधीशहरूसँगको भेटघाटमा भएको छलफल बारे जानकारी दिदै भने- ‘न्यायाधीशहरूमाथि पनि प्रश्न उठेका छ । प्रश्न उठेका सबैले राजीनामा दिउँ, म पनि मार्ग प्रशस्त गर्छु । होइन भने मिडियाबाट उठेका विषयकै आधारमा राजीनामा दिँदै जाने हो भने न्यायापालिका बच्न सक्दैन ।’

राणाले आफ्नो नियुक्ति संवैधानिक भएकाले बहिर्गमन पनि संवैधानिक तबरबाटै हुने भन्दै कसैको उक्साहट वा आलोचनाबाट नभाग्ने अडान समेत लिएका छन् । सत्ता गठबन्धनमा मन्त्री मागेको आरोपमा राणाले राजीनामा दिनुपर्ने हो भने मन्त्री भागबण्डा लगाउने कांग्रेस, माओवादी, नेकपा एस र जसपाका शीर्ष नेता प्रमुख दोषी हुन् कि होइनन्, अनि मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले चाहिँ राजीनामा दिनु पर्छ कि पर्दैन ? अदालतमा घुसाईएको राजनीति र सुरु भएको गुटबन्दी बारे विभिन्न कोणबाट बसह पैरबी हुन थालेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6