Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचर्चित युवा नेतृ रञ्जु दर्शना विवाह बन्धनमा बाँधिदै, को हुन उनका जीवनसाथी किशोर ?

चर्चित युवा नेतृ रञ्जु दर्शना विवाह बन्धनमा बाँधिदै, को हुन उनका जीवनसाथी किशोर ?


काठमाडौं । गतवर्षको स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको उपमेयरमा लोकप्रिय मत ल्याएर जनमानसमा परिचित बनेकी विवेकशील साझा पार्टीकी पूर्वनेतृ रञ्जु दर्शना विवाह वन्धनमा बाँधिने भएकी छन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो इन्गेज्मेन्ट बारे जानकारी गराएकी हुन् ।

रञ्जुले किसु कुईंकेल (किशोर) नामका युवकसँग इन्गेज्मेन्ट गरेको जानकारि गराएपनि उनी बारे विस्तृत जानकारि गराइएको छैन । फेसबुकमा तस्बिरसहित स्टाटस लेख्दै आजदेखि जीवनको अर्को सुन्दर यात्राको शुभारम्भ भएको बताएकी रञ्जुले भनेकि छिन्–‘मायाको यात्रामा एक सशक्त जीवनसाथी बनि हरदम साथ दिने मेरो हरेक दिन प्रयास रहनेछ,’ उनले लेखेकी छन्, ‘तिम्रो जीवनमा परिवारमा मलाई खुल्ला दिलले स्वागत गरेकोमा धेरै धन्यवाद किसु ।’

विवाह पछिपनि सामाजिक र राजनीतिक यात्रालाई निरन्तरता दिने बताएकी रञ्जु बिवाह बन्धनमा बाँधिएपछि कसरी प्रस्तुत हुन्छिन यो सबैका लागि चासोसहितको प्रतिक्षा बनेको छ । युवा नेतृ रञ्जु दर्शनासँग इन्गेज्मेन्ट गर्ने किसु कुईंकेल (किशोर) को हुन ? यो पनि धेरैका लागि प्रतिक्षाको विषय बनेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6