Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsई–सेवामा बोनस रकम पाइन्छ भन्दै प्रलोभनमा पारेर ठगी गर्ने दुई जना पक्राउ

ई–सेवामा बोनस रकम पाइन्छ भन्दै प्रलोभनमा पारेर ठगी गर्ने दुई जना पक्राउ


काठमाडौं । ई–सेवामा बोनस रकम प्राप्त हुन्छ भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले ई–सेवामा ५० हजार जम्मा गरेमा दुई हजार पाँच सय रुपैयाँ बोनस पाइन्छ भन्दै रकम जम्मा गर्न लगाइ ठगी गर्ने रौतहटको माधवनारायण नगरपालिका–२ का शुभम साह र बाराको गढिमाई नगरपालिका–१० का सर्फराज आलमलाई पक्राउ गरेको हो ।

पक्राउ परेका साह र आलमले विभिन्न व्यक्तिलाई ई–सेवामा पैसा हाल्न लगाई सात लाख २७ हजार रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको महाशाखाले जानकारि दिएको छ । प्रहरीले बोनस वा कमिसनको प्रलोभनमा नपार्न सबैलाई सचेत समेत गराएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6