Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढ्न छुटाउनुभयो कि यी प्रमुख ५ खबरहरु

नेपाल अपडेट : पढ्न छुटाउनुभयो कि यी प्रमुख ५ खबरहरु


काठमाडौं । युक्रेनमा जारी हिंसासँगै नेपालीहरुको उद्धार, जव सेन्टरका नाममा ठगी गर्नेहरु पक्राउ, अन्तर्राष्ट्रिय महिला दिवस, बन्दुक बोकेर गाउँले तर्साउने जनप्रतिनिधिसँगै एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिएको घटना बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

युक्रेनबाट ५६२ नेपालीको उद्धार
रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन् । गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिले युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारि दिएको हो । हालसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना, र ४ माल्दावा पुगेका छन् । करिब ५० जना नेपाली गैरआवासीय नेपाली संघ पोर्चुगलको सम्पर्कमा पुगेको संघका महासचिव राज कुमार थापाले जानकारी दिनुभएको छ । उद्धार र राहत कार्यमा समन्वय गर्न जर्मनीस्थित नेपाली राजदुत रामकाजी खड्काको अध्यक्षतामा र गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री के.सी.को संयोजत्वमा गठित एक उच्चस्तरीय समिति सकृय रहेको छ । युद्धबाट विस्थापित नेपालीहरुको उद्धारको लागि राजदुत खड्का, एनआरएनए अध्यक्ष कुमार पन्त सिमा क्षेत्रमा आफै खटिने गर्नुभएको छ ।

जब सेन्टरका नाममा ठगी गर्ने ९ जना पक्राउ
जब सेन्टरको नाममा ठगी गर्ने गिरोहका ९ जना महानगरीय प्रहरी अपराध महाशाखाको टोलीबाट पक्राउ परेका छन् । जागिर लगाइदिने बहानामा प्रतिव्यक्ति ६ हजार रुपैयाँसम्म ठगी गरेको आरोपमा पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न जव सेन्टरका सञ्चालकहरु रहेका छन् । जागिर मिल्छ भन्दै फारम शुल्कबापत ५०० रुपैयाँसम्म लिने र जब वारेन्टी शुल्कको नाममा ६ हजार रुपैयाँम्म लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । फारम भरेकालाई सर्त बमोजिमको काममा नलगाउने तथा एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पु¥याएर पुनः शुल्क असुल्ने काम उनीहरूले गरेको पाइएको छ । ठगी बारेको थप अनुसन्धान भइरहेको महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवस, विभिन्न कार्यक्रमसहित मनाइदै
आज ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ नाराका साथ विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ । नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो ।

बन्दुक बोकेर गाउँले तर्साउदै गाउँपालिका अध्यक्ष
जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेस जाजरकोटका सचिव हरिचन्द्र बस्नेत हतियारसहित गाउँ डुल्दा स्थानीय आतंकित बनेका छन् । स्थानीय तहको निर्वाचनको सम्मुखमा उनी गाउँमा हुने गरेका अधिकांश कार्यक्रममा हतियारसहित सहभागी हुन थालेपछि स्थानीय त्रसित भएका छन् भने गाउँपालिका अध्यक्ष बस्नेतको चर्को आलोचना भइरहेको छ । अध्यक्ष बस्नेतलाई असुरक्षा हुने कुनै कारण नभएको दाबी गर्ने स्थानीयहरु हतियारको प्रदर्शनबाट आजित भएको गुनासो गरिरहेका छन् । यता, जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले अध्यक्ष बस्नेतलाई त्यस्तो सुरक्षा जोखिमबारे आफूलाई कुनै जानकारी नभएको बताउनुहुन्छ । नेपालगन्जमा दर्ता गराएको लाइसेन्स प्राप्त बन्दुक बोकिएको भन्ने जानकारिमा आएको भन्दै प्रजिअ शाहीले निश्चित केही क्षेत्रमा मात्रै बोक्न मिल्ने हतियार सार्वजनिकरुपमा बोकेर हिडेको बारे बुझ्न प्रहरीलाई निर्देशन दिइसकेको प्रजिअ शाहीले बताउनुभएको छ ।

एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला
काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन् । ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा मृत्यु भएको छ भने अरुको उपचार भैरहेको छ । ६३ वर्षीया इन्द्रमाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३३ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधान बेहोस अवस्थामा भेटिएका थिए । उनीहरुको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरी प्रमुख सुदिप गिरीले जानकारी दिनुभयो । सोमबार बेलुकी साढे १० बजे ईन्दिरामाया प्रधानको परिवारले विष सेवन गरेर आत्महत्या प्रयास गरेको आँकलन गरिएको छ । उनीहरुको स्थायी घर काठमाडौंको डल्लु भएपिन डाडापौवा स्थित उद्धवराज पुरीको २ तल्ले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडमा लिएर बस्दै आएका थिए । विषका बोतलहरु भेटिएकाले सामूहिक आत्महत्याको प्रयास भएको हुन सक्ने प्रारम्भिक अनुमानसहित प्रहरी थप अनुसन्धान गरिरहेको छ ।


ट्याग : #अन्तर्राष्ट्रिय महिला दिवस, #जव सेन्टरका नाममा ठगी, #नेपाल अपडेट, #नेपालीहरुको उद्धार, #युक्रेनमा जारी हिंसा
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6