Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअध्यागमन नियम परिवर्तन,पूर्ण खोप लगाएकाले नेपाल आउँदा पीसीआर परिक्षण गर्न नपर्ने

अध्यागमन नियम परिवर्तन,पूर्ण खोप लगाएकाले नेपाल आउँदा पीसीआर परिक्षण गर्न नपर्ने


काठमाडौं । कोरोना विरुद्धको पूर्ण मात्रा खोप पूरा गरेकाहरुले नेपाल आउँदा खोप कार्ड देखाए पीसीआर नचाहिने भएको छ । अध्यागमन नियममा परिवर्तन गर्दै खोप कार्ड वा पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउनेलाई क्वारेन्टिन पनि बस्नु नपर्ने बनाइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णय भन्दै सरोकारवाला मन्त्रालयहरुलाई पठाइएको पत्रमा अब हवाई तथा स्थलमार्गबाट यात्रुहरु निर्वाध नेपाल आउन पाउने भनिएको छ । विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबै यात्रुले खोप लगाएको प्रमाण पत्र भने पेश गर्नुपर्ने छ । प्रमाणपत्र पेश गर्न नसक्ने यात्रुले यात्रा शुरु गर्नु अगाडि ७२ घण्टाभित्रको परक्षिणको नतिजा नेगेटिभ आएको प्रमाणपत्र देखाएमा समेत नेपाल प्रवेशको अनुमति पाउने भएका छन् ।

यो निर्णयसँगै यात्रा व्यवस्थापन सम्बन्धी यसअघि लागु गरिएका सबै निर्णय खारेज भएका छन् । हवाई मार्ग वा स्थलमार्ग भई विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुको सम्बन्धमा कोभिड १९ को जोखिम विश्लेषण आवश्यकताअनुसार परीक्षण गर्ने, थप कडाई गर्ने वा नगर्ने निर्णय अब कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाटै हुने भएको छ ।

विदेश जानेको हकमा यस्तो छ व्यवस्था…
नेपालबाट हवाई मार्ग भई अन्य मुलुक जाने यात्रुको लागि भने गन्तब्य मुलुकको कोभिड १९ स्वास्थ्य प्रोटोकल लागू हुने बताइएको छ । यो सम्बन्धी जानकारि सम्बन्धित एयरलाइन्सले आफ्ना यात्रुलाई जानकारी गराउनु पर्ने भनिएको छ । यसको अनुगमन गर्ने जिम्मेवारी भने पर्यटन मन्त्रालयलाइ नै दिइएको छ ।

युक्रेनबाट फर्कनेलाई प्राथमिकता
सरकारले युक्रेन द्वन्द्वका कारण स्वदेश फर्कने नेपालीलाई विमानस्थलमा प्राथमिकताका साथ सहजीकरण गर्ने जानकारि दिएको छ । पीसीआर परीक्षण नभएका वा सीसीएमसी फारम नभरेको र खोप समेत नलगाएको भए पनि उनीहरुलाई छुट्टै स्वास्थ्य कक्ष स्थापना गरि सहजिकरण गर्न मन्त्रिपरिषद् बैठकमार्फत भनिएको छ । युक्रेनबाट आउने नेपालीको हकमा एन्टिजेन परीक्षण गरी यात्रुलाई होम क्वारेन्टिन पठाउने र पोजेटिभ आएका यात्रुलाई संस्थागत आइसोलेसनमा पठाउने निर्णय समेत कार्यान्वयन गर्न भनिएको छ ।


ट्याग : #अध्यागमन नियम, #अध्यागमन नियममा परिवर्तन, #पीसीआर, #पूर्ण मात्रा खोप
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6