Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेटः तपाईले छुटाउनु भएको त छैन यी प्रमुख खबरहरु !

नेपाल अपडेटः तपाईले छुटाउनु भएको त छैन यी प्रमुख खबरहरु !


काठमाडौ । रेमिट्यान्स पठाउनेहरुलाई आईएमईको सहार्यमा मिदासले सुरु गरेको निशुल्क शिक्षा, संबैधानिक नियुक्तिको मुद्धामा संबैधानिक अदालतले दिएको कारण देखाउ आदेश, कृषी कर्जा दुरुपयोगविरुद्ध राष्ट्र बैंकले गर्न लगेको कडाई, बागमती प्रदेश अधिवेशन अन्त्य र कांग्रेसको नेविसंघ र तरुण दलमा नयाँ तदर्थ समिति गठन बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

आईएमईसँगको सहार्यमा मिदासद्धारा निशुल्क ‘ई‐लर्निङ’ अभियान सुरु
आईएमई र मिदास एजुकेशन प्रालीबीचको सहकार्यमा ’ई‐लर्निङ’ प्रवर्द्धन अभियान सुरु भएको छ । यही चैत ८ देखि वैशाख ३१ गतेसम्म ५४ दिनका लागि लागू गरिएको यो अभियानका लागि आईएमई ग्रुपद्वारा प्रवर्द्धित आईएमई र विगत दुई दशकदेखि विद्यार्थीहरूको सिकाइलाई सहज बनाउदैआएको मिदास एजुकेशनले सहकार्य गरका हुन । विदेशबाट आईएमईमार्फत रकम पठाउँदा भुक्तानी गरिसकेपछि आईएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिङ्कसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड प्राप्त हुनेछ । लाभार्थीले त्यसपछि आफ्नो मोबाइलमा प्राप्त लिङ्कमा क्लिक गरेर MiDas eCLASS सरलीकरण शिक्षा एप इन्स्टल गरेपछि निःशुल्क ई–लर्निङका लागि प्राप्त प्रोमो कोड प्रयोग गरेपछि कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले निःशुल्क पढ्न पाउनेछन् । ई‐क्लासले पाठअनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेनशन र इलुस्ट्रेशनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्ने विश्वास गरिएको छ ।MiDas eCLASS मार्फत सिक्नका लागि थप उत्सुकता मिल्नुका साथै स्वअध्ययन गर्ने बानीको विकास हुने अपेक्षा गरिएको छ ।

संवैधानिक नियुक्ति खारेज विरुद्धको मुद्दामा कारण देखाउन आदेश
सर्वोच्च अदालतले संवैधानिक नियुक्ति खारेज विरुद्धको मुद्दामा कारण देखाउन आदेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यायदेशमार्फत नियुक्त गरेका ५२ जना संवैधानिक निकायका पदाधिकारीको नियुक्ति सम्बन्धमा कारण देखाउन आदेश जारी गरेको हो । कायम मुकायम प्रधानन्यायाधिश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेपनि अन्तरिम आदेश दिन इन्कार गरेको हो । सिफारिसको विधि र प्रक्रियामा प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

कृषि कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको चेतावनी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषिको नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिनुभएको छ । चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कृषिप्रधान देश भन्ने तर देशको अर्थतन्त्र रेमिट्यान्समा भर पर्नुपर्ने अवस्था सुधार्न आवश्यक रहेको बताउनुभयो । किसानले सहजै ऋण पाउनेगरी अहिले वैँकहरुले दिइरहेको ११ प्रतिशत कृषि कर्जा बढाएर १५ प्रतिशत पुर्याइने दाबी गर्नुभएका गभर्नर अधिकारीले कृषी कर्जा दुरुपयोग विरुद्ध नियमन र कारबाहीलाई तिब्रता दिइने बताउनुभयो । कार्यक्रममा १२ बैँक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति थियो । उनीहरुले कृषि कर्जा नपाएकै कारण उत्पादन कम भएको भन्ने भ्रममा नपर्न आग्रह गर्दै किसानलाई समयमै मल, बीउ उपलब्ध गराउन सरकारलाई सुझाव दिएका थिए । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले कृषिप्रधान देशमा धान, चामल आयात गर्नुपर्ने अवस्था हुनु दुखद भएको भन्दै मन्त्रालयले कृषिजन्य वस्तुहरु स्वदेशमै उत्पादन गर्नसक्नेगरी कार्यक्रम बनाएको बताउनुभएको थियो ।

हिउँदे अधिवेशनको अन्त्य गरेर वजेट अधिवेशनको तयारी
बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको हो । सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउनुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हो । सरकारले बजेट निर्माणको काम गरिरहेकाले संसदको बजेट अधिवेशन छिट्टै आह्वान गर्ने बताइएको छ । प्रदेशसभाको नवौं अधिवेशनअन्तर्गत १२ वटा बैठक सञ्चालन भएको प्रदेशसभा सचिवालयले जानकारि दिएको छ । तत्कालीन अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले गत असोज २४ गते प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरेको थियो । यता, बागमती प्रदेश सरकारले जेठ २ गते मनाइने चण्डी पुर्णिमा अर्थात उभौली पर्वमा बागमती प्रदेश भरिका थामी समुदायका सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नेविसंघ र तरुण दलमा नयाँ तदर्थ समिति
नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा दुजाङ शेर्पा चयन हुनुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्मपादन समितिको फागुन ३ गतेको बैठकको निर्णयअनुसार रिक्त रहेको संघको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा शेर्पालाई नियुक्त गर्नुभएको हो । यस्तै बैठकले नेपाल तरुण दलको अध्यक्षमा पर्वतका विद्धान गुरुङलाई चयन गरेको छ । तदर्थ कार्यसमितिलाई स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने म्यान्डेड दिइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारि दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6