Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalअभिनेता पल शाह पुर्पक्षका लागि जेल चलान, मेनेजर जोशी छुटे एक लाख धरौँटीमा !

अभिनेता पल शाह पुर्पक्षका लागि जेल चलान, मेनेजर जोशी छुटे एक लाख धरौँटीमा !


काठमाडौं । नावालिग गायिका बलात्कारको अभियोग लागेका अभिनेता पल शाह पुर्पक्षका लागि जेल चलान भएका छन् । बिहीबार जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरी गायिका माथिको जबर्जस्ती करणीको अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले अदालतले पल पीडितले दिएको घटना विवरण कागज, पीडितको शारीरिक जाँच परीक्षण रिपोर्ट, घटना भएको दिन गत वैशाख १४ गते राति १२ बजेतिर पीडितको कोठामा प्रवेश गरेको हुँ भनी पल शाहले दिएको वयानलगायतलाई आधार मानेर शाहले पीडितलाई जबर्जस्ती करणी गरेको ठहरसहित पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको बताउनुभयो । ‘‘ तत्काल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहले वर्ष १५ कि परिवर्तित नाम ०७८÷०७९ ब्यास–१२ लाई ललाई फकाई विवाह गर्छु भनी प्रलोभन देखाई जबर्जस्ती करणी गरेको देखिन आएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई निज प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को उपदफा (१) को खण्ड (ख) बमोजिम थुनामा राखी पुर्पक्ष गर्ने गरी रीतपूर्वक थुनुवा पूर्जी दिई कारागार कार्यालय, दमौली तनहुँमा पठाइदिनू’ थनछेक बहसपछि आएको प्रारम्भिक फैशलाको आदेशमा भनिएको छ ।

शाहले जबर्जस्ती करणी गरेको पूर्णतः अस्वीकार गरे पनि वयान अनुसार घटना भएको दिन राति १२ बजेतिर पीडितको कोठामा प्रवेश गरेको स्वीकार गरेकाले जबर्जस्ती करणी गरेको तथ्यसँग मिलेको फैशलामा भनिएको छ । पलले बयानमा घटना भएको दिन राति १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरुसँग खाई बाँकी रहेको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई स्वीकार गरेका थिए । ‘एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजेतिर प्रवेश गर्नुपर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन । यसरी राति पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ति सोही राति निजले पीडितलाई जबर्जस्ती करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको देखियो’ अदालतको आदेशमा भनिएको छ । शाहविरुद्ध १६ वर्षकी किशोरीलाई प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय तनहुँले अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । यस्तै नवलपुर जिल्ला अदालतमा पनि सोही प्रकृतिको मुद्धा दायर भएको थियो । बुधबार र बिहीबार जिल्ला अदालत तनहुँमा भएको थुनछेक बहसपछि शाहलाई थुनामा पठाउने आदेश भएको छ । पीडितले आफूमाथि पटकपटक करणी भएको बताएपछि उनका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिनुभएको थियो ।

जाहेरी परेपछि केही दिन फरार भएका अभिनेता शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेर अनुसन्धानमा सघाउने बताएका थिए । अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध जबर्जस्ती करणी मुद्दामा मतियार बनेको अभियोग दर्ता गरेको भएपनि बयानमा जोशीले धम्क्याएको स्वीकारेको उल्लेख गर्दै पीडितप्रति देखाएको गैरजिम्मेवारी क्रियाकलाप मात्रै भनिएको छ ।

के हुन त पल विरुद्धका बलिया प्रमाणहरु ?

स्वास्थ्य परीक्षण रिपोर्टमा समेत पीडितको संवेदनशील अंगमा पुरानो चोट रहेको भनिएको, पीडितको बयान पनि शाहलाई थुनामा पठाउने बलियो आधार बनेको, शाह र पीडित किशोरीबीच विवाद सुरु भएपछि भएको छलफलका क्रममा शाहले बोलेको अडियो रेकर्डलाई पनि अदालतले महत्वपूर्ण प्रमाण मानेको छ । ‘प्रतिवादीले ब्वाइफ्रेण्ड गर्लफ्रेण्डबीच सम्बन्ध हुनु नर्मल हो, प्रेगनेन्ट भएको खण्डमा मात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ भनी छलफलका क्रममा भनेको अडियो रेकर्ड, पीडित, उनका बाबुआमासहित दुर्गाबहादुर थापा (दुर्गेश थापा), पूण्यप्रसाद ओली, कमल खत्री लगायतको उपस्थितिमा भएको उनीहरुको कागजमा उल्लेख भएको तथ्यलाई समेत महत्वपूर्ण प्रमाण मानिएको छ ।

यस्तो छ अदालतको आदेश :

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6