Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपालका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना, प्रदूषण भने अझै केही दिन नहट्ने !

नेपालका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना, प्रदूषण भने अझै केही दिन नहट्ने !


काठमाडौं । आज देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना रहेपनि देशभर बढेको प्रदुषण तत्काल नहट्ने बताइएको छ । बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम धुम्म भएको र कतै कतै हल्का पानी परेको को जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताउनुभएको हो ।

दिउँसो पनि काठमाडौंसहित प्रदेश एक, मधेश प्रदेश, वाग्मती र गण्डकीमा क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ । नेपालमा अहिले भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले शुक्रबारसम्म मौसम यस्तै रहने अनुमान गरिएको छ ।

वर्षासँगै हट्ला त काठमाडौंमा बढेको प्रदुषण ?
प्रदुषण हट्न हावाहुरी र ठूलो पानी पर्नुपर्ने भएपनि अहिले यस्तो सम्भावना नदेखिएकोले तत्काल काठमाडौंको प्रदूषण हट्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । काठमाडौंको आज बिहान साढे ७ बजे एअर क्वालिटी इन्डेक्स (एक्यूआई) एक सय ६२ मापन गरिएको छ । काठमाडौं प्रदूषित शहरको पाँचौ नम्बरमा छ । मंगलबार बिहान एक्यूआई १ सय ६१ मपन गरिएको थियो । सोमबार दिउँसो काठमाडौंको एक्यूआई १ सय ६७ पुगेर विश्वकै प्रदुषित सहर बनेको थियो । सामान्यतया शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ । एक सय ५० भन्दा माथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मान्ने गरिएको छ ।

काठमाडौंसहित नेपालका मुख्य शहरमा प्रदूषणको अवस्था अझपनि अस्वस्थकर नै छ । सुक्खा मौसम भएकाले सबैतिरबाट धुलो धुँवा वायुमण्डलमा जम्मा भएको छ । केही जङगलमा डढेलो लागेको र फोहोर बाल्ने तथा आगलागीजन्य गतिविधिले पनि प्रदूषण बढेको वातावरण विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले बताउनुभएको छ । नेपालसहित दक्षिण पूर्वि एसियामा डढेलो उच्च रहेकाले प्रदूषण बढेको आँकलन गरिएको छ ।

किन बारम्बार दोहोरिरहन्छ त प्रदूषणको समस्या ?
वायु प्रदूषणको समस्या हरेक वर्ष दोहोरिए पनि यसको व्यवस्थापनमा सरकारले बनाएका कार्ययोजना कार्यान्वयन हुन सकेका छैनन् । सरकारले उद्योग, यातायात, निर्माणको क्षेत्रबाट हुने प्रदूषण न्यूनीकरणका लागि केही वर्ष अगाडि नै कार्ययोजना बनाएको थियो । तर व्यावहारिक रुपमा कार्यान्वयन भएको छैन । अन्य प्रदूषणका श्रोतको पहिचान गरेर न्युनिकरणमा समेत सरकारको ध्यान पुग्न सकेको छैन ।

प्रदूषणलाई हल्का रुपमा नलिन चिकित्सकको सुझाब
श्वासप्रश्वास तथा छाति रोग विशेषज्ञ डा.रवि महत वायु प्रदूषणले घाँटी, आँखा, नाकमा समस्या ल्याउन सक्ने, दमरोगी, मुटु रोगीहरुलाई यसले अझ बढी असर गर्न गर्ने भएकाले सचेत हुनुपर्ने बताउँनुहुन्छ । लामो समयसम्म प्रदूषणमा बस्ने मानिसलाई क्यान्सर हुन सक्ने भएकाले प्रदुषणबाट जोगिन उहाँको सुझाव छ । सरकारले प्रदूषण कम गर्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभएका डां महतले प्रदूषणको जोखिम मध्यनजर गरेर अत्यावश्यक काम परेका बेला मात्रै घरबाहिर निस्कन, बाहिर निस्किन परेमा अनिवार्य मास्क लगाउन सबैलाई आग्रह गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6