Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बढ्दै विदेशी पर्यटक, २०० डलर नगद बोक्नुपर्ने नियमले सुविधा कि झण्झट ?

नेपालमा बढ्दै विदेशी पर्यटक, २०० डलर नगद बोक्नुपर्ने नियमले सुविधा कि झण्झट ?


काठमाडौं । कोरोना महामारिका कारण खस्केको नेपाली पर्यटन व्यवसाय बिस्तारै लयमा फर्किँन थालेको छ । अध्यागमन विभागका अनुसार पछिल्लो तीन महिनामा मात्रै झण्डै सवा लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । वातावरण अनुकूल भएसँगै विदेशी पर्यटक धमाधम नेपाल भित्रिने क्रम बढेको पाइएको हो ।

सन् २०२२ को जनवरीदेखि अप्रिलसम्मको १६ सम्ममा एक लाख ११ हजार ७०१ जना विदेशी पर्यटक नेपाल भित्रिएको विभागको तथ्यांकले देखाएको छ । जबकि यस्तो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिमा मुस्किलले ३५ हजारमा सिमित देखिएको थियो । यसरी तीव्र गतिमा पर्यटक आगमन भैरहँदा व्यवसायीहरू उत्साहित भएका छन् । अब पर्यटकको आगमन निकै राम्रो हुने र व्यवसायिक आम्दानी समेत बढ्नेमा व्यवसायी आशावादी देखिएका छन् ।

२०० डलर नगद बोक्नुपर्ने अनौँठो काइदा
गत शुक्रबार त्रिभुवन विमानस्थल, अध्यागमन विभागले सूचना जारी गर्दै नेपाल भित्रिने पर्यटकहरूलाई कम्तीमा २०० डलर नगद नै बोक्न आग्रह गरेको थियो । विमानस्थलमा उपलब्ध एउटा मात्र एटिएम मेसिनले भिडलाई धान्न नसकेको र डिजिटल भुक्तानीका अन्य प्रणाली जस्तै, भिसा कार्ड, मास्टर कार्ड लगायतका भुक्तानीका साधनमा समेत समस्या देखिएको कारण देखाउँदै विभागले ‘अनअराइभल’ भिसाका लागि पर्यटकलाई कम्तीमा २०० डलर नगद बोक्न आग्रह गरेको हो । यसले पर्यटकमा सुविधा भन्दा झण्झट थपेको आँकलन गर्न थालिएको छ ।

अध्यागमनको निर्णयप्रति व्यवसायीको आपत्ती
अनअराइभल भिसाका लागि पर्यटकलाई अध्यागमन विभागले नगद नै बोक्न सूचना जारी गरेसँगै पर्यटन व्यवसायीहरू रुष्ट बनेका छन् । ‘अहिलेको डिजिटल युगमा पनि पर्यटकलाई क्यास नै बोकेर आइज भन्नु कति जायज हो ? यो जत्तिको लज्जाको विषय अरू के हुनसक्छ ?’ एक व्यवसायीले आक्रोशित हुँदै नेपालट्युबसँग भन्नुभयो, ‘यस्तो निकम्मा कार्यप्रणालीले कसरी मुलुकको पर्यटन प्रवर्द्धन हुन्छ ?’ पर्यटक आकर्षित गर्नकै लागि भने पनि सरकारले अविलम्ब अनअराइभल भिसाको सुविधालाई सहज र सरल बनाउनुपर्नेमा उहाँको जोड छ ।

यता, पर्यटन व्यवसायमा थप सहजीकरणको आवश्यकता रहेको पर्यटन बोर्ड नै दाबी गरिरहेको छ । ‘के कुरामा कठिनाइ परेको हो, सो तत्काल समाधान गरी त्रिभुवन विमानस्थल, अध्यागमनले अनअराइभल भिसालाई सहज गर्नुपर्छ । यो व्यवसायीहरूको मात्र नभएर बोर्डसमेतको माग हो,’ बोर्डका प्रवक्ता मणिराज लामिछानेले भन्नुभयो, ‘समयसापेक्ष डिजिटलाइजेसनलाई थप सुविधा सम्पन्न र प्रभावकारी बनाइनुपर्छ ।’ अनअराइभल भिसालाई सहज बनाउन के गर्न सकिन्छ भन्नेबारे अध्यागमन विभाग तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग बोर्डले समन्वय गरिरहेको समेत बताइएको छ । अध्यागमन विभागले भने यात्रुहरू (पर्यटक) को सुविधालाई नै ध्यानमा राखेर यस्तो सूचना जारी गरिएको दाबी गर्दैआएको छ । नेपाल राष्ट्र बैंकले समेत पछिल्लो समय तीव्र आयात र घट्दो रेमिट्यान्सबीच निरन्तर विदेशी मुद्राको सञ्चितिमा परेको दबाब कम गर्न पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने सुझाव सरकारलाई दिएको छ ।

विभिन्न पर्यटन गन्तव्यको पहिचान र सूचना जारी गर्ने, होटल तथा रिसोर्टको क्षमता अनुसारको स्तर तथा मापदण्ड तत्काल तोक्नुपर्ने, पर्यटक सङ्ख्या वृद्धिका लागि विदेशी नियोग तथा दूतावासमार्फत प्रचारप्रसार एवम् आमन्त्रण गरिनुपर्ने मुलुकको सुरक्षित, गुणस्तर र मितव्ययी पर्यटन प्रचार प्रसारका लागि विशेष जोड दिँदै विदेशी पर्यटकको प्रवल सम्भावना रहेका मुलुकमा नेपाल वायुसेवा निगमको एयर कनेक्टिभिटी जोड्नसमेत सुझाब दिइएपनि सरकारी तहबाट हुनुपर्ने पहल प्रभावकारी हुन सकेका छैनन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6