Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleअमेरिकामा कोरोना संक्रमणबाट थप एक नेपालीको निधन ।

अमेरिकामा कोरोना संक्रमणबाट थप एक नेपालीको निधन ।


गणेश थापा/ क्यालिफोर्निया

कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा थप एक जना नेपालीको ज्यान गएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यको नरवाक सिटीमा बस्दै आएका ४७ वर्षीय नेपालीको कोरोना भाइरसको सक्रमणका कारण मृत्यु भएको हो ।

नेपालस्थित लमजुङ जिल्लाको मर्स्यागंदी गाँउपालिका-९ स्थायी बासिन्दा उनको स्थानीय समयअनुसार विहीबार अपरान्ह ज्यान गएको हो । प्राप्त जानकारी अनुसार करीव १२ वर्षदेखि परिवारसहित अमेरिकामा बस्दैआएका मृतकको श्रीमती, एक छोरा र एक छोरी छन् । दश दिनअघि स्वासप्रश्वासमा केही गडबढी आएपछि स्थानीय एक अस्पताल पुगेका उनलाई कोरोना देखिएको थियो । अस्पतालले कोभिड-१९ पोजेटिभ रिपोर्ट दिएपश्चात होम आइसोलेशनमा बस्ने भन्दै घर फर्किएका उनको हिजो वेलुका आफ्नै निवासमा निधन भएको हो ।

यससंगै कोरोना भाइरसको सक्रमणबाट अमेरिकामा मृत्यु हुने नेपालीको संख्या २० पुगेको छ । प्रवासमा रहेका नेपालीहरू मध्ये संक्रमितको संख्या अमेरिकामा सवैभन्दा धेरै रहेको छ । यहॉ अहिलेपनि संक्रमित नेपालीहरूको संख्या झण्डै एक हजारको हाराहारीमा रहेको बताइएको छ । यसबीचमा लामो समय झापास्थित भुटानी शरणार्थी शिविर बेलडॉगीमा बसेर अमेरिका आएका केही भुटानी शरणार्थीहरूको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ भने थुप्रै भुटानी शरणार्थीहरू संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण हालसम्म अमेरिकामा मृत्यु हुनेको संख्या झण्डै ६ लाखको हाराहारीमा पुगेको छ भने संक्रमित संख्या सवा ३ करोड नाघेको छ । तर, गत जनवरीमा जो बाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेयता भने अमेरिकामा कोरोना भाइरसको संक्रमण तथा मृत्युदरमा निकै कमी आइरहेको छ । कोभिड-१९ सम्बन्धी अफिसियल तथ्यांक अपडेट गर्दैआइरहेको न्युजब्रेकका अनुसार कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा हिजो करीव सात सय मानिसको ज्यान गएको थियो भने पछिल्लो समय संक्रमितको संख्या समेत घटेर दैनिक ५० हजार तलको हाराहारीमा झरेको छ ।

यता कोभिड-१९ को महामारीबाट प्रभावित २४ करोड बढी अमेरिकाबासीलाई सरकारले कोरोना भाइरसविरूद्धको खोप वितरण गरिसकेको छ । हाल अमेरिकाको जनसंख्या ३३ करोड माथि रहेको छ । विश्वकै सवैभन्दा बढी कोरोना संकट झेलिरहेको अमेरिकाले आफ्ना देशबासीलाई हजारौं डलर बराबरको आर्थिक सहयोग स्वरूप राहत रकम समेत वितरण गरिसकेको छ ।

यसैबीच कोरोना महामारीकै बीच विश्वभरीबाट आवेदन लिएको डिभी लोटरीको नतिजा यही मे महिनामा सार्वजनिक हुनेभएको छ । उता कोभिड-१९ को पूर्ण रूपमा नियन्त्रणका लागि लामो समय लाग्नसक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउदै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6