Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : तपाईले पढ्न छुटाउनु भयो कि यी मुख्य ५ खबर

नेपाल अपडेट : तपाईले पढ्न छुटाउनु भयो कि यी मुख्य ५ खबर


काठमाडौं । नेपालमा दिनभर चर्चा पाएका, विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका समाचार मध्ये हामीले मुख्य ५ खबरलाई यहाँ प्रस्तुत गरेका छौँ ।
लाइसेन्स कार्ड तत्काल ल्याउँदै विभाग
लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भएको छ । छपाई उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले लामो समयसम्म कार्ड आउन सकेको थिएन । यातायात व्यवस्था विभागले ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद गरिएको र कार्ड अर्काे कम्पनीबाट खरिद गरिएकाले समस्या आएको जानकारी दिएको छ । महानिर्देशक नमराज घिमिरेले अहिले कार्ड मास प्रिन्टरमा मिलेकाले ल्याउन लागिएको जानकारी दिनुभयो ।

माओवादी केन्द्र संगठन सुदृढीकरण अभियानमा जुट्दै
नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरण अभियानलाई तीव्रता दिन थालेको छ । करिब ३० लाख ९४ हजार संगठित सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्यसहित जिम्मेवारी नपाएका नेताहरुलाई पार्टीको जिम्मेवारी दिन थालिएको हो । सोही अनुसार कतिपय नेताको जिम्मेवारी हेरफेरसमेत गरिएको छ । माओवादी केन्द्रले देशैभर संगठनात्मक अभियानलाई तिब्रता दिने भएसँगै नेता तथा कार्यकर्तामा उत्साह थपिएको छ ।

आफ्नै कार्यकर्ताबाट जसपा अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन
जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेका छन् । पर्सा जिल्लाबाट कसैलाई पनि मन्त्री नबनाएको भन्दै पर्साका युवाहरुले बालकुमारीस्थित पार्टी कार्यालयमा पुगेर पुत्ला दहनसहित प्रदर्शन गरेका हुन् । कार्यकर्ताहरुले प्रदिप यादव जिन्दाबाट उपेन्द्र यादव मुर्दाबाद भन्दै नाराबाजी गरेका थिए ।

मासुमा बर्षेनी परनिर्भरता बढ्दै
हिन्दु धर्मावलम्बीको मुख्य पर्व दसैँ घरदैलोमा आइपुगेको छ । कृषि क्षेत्रमा देशका झण्डै ६० प्रतिशत नागरिक आश्रित हुँदासमेत दसैँको मुख्य परिकार मानिने मासुमा भने परनिर्भरता बढ्दो छ । मासुका लागि जिउँदो पशुदेखि तयारी उत्पादनसम्म आयात गर्नुपर्ने बाध्यतामा छन्, आम उपभोक्ता । यो बर्ष दशैको मागको ३० प्रतिशत मासुजन्य पदार्थ आयातमा भर पर्नुपर्ने आँकलन भैरहेको छ ।

मोतीपुर घटनामा मृतकका परिवारलाई जनही एक लाख
प्रदेश सरकारले रुपन्देहीको मोतीपुरस्थित औद्योगिक क्षेत्रको जग्गा खाली गर्ने क्रममा आइतबार भएको झडपमा मृत्यु भएका चार जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले सुकुमबासी समस्या समाधान सुझाव कार्यदल निर्माण गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिर्दै मृतकका परिवारलाई एक लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6