Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमन्त्री आलेको पहलमा नेपाल वायू सेवा निगमका कर्मचारीहरुले तोडे चार महिने आन्दोलन

मन्त्री आलेको पहलमा नेपाल वायू सेवा निगमका कर्मचारीहरुले तोडे चार महिने आन्दोलन


काठमाडौं । विभिन्न माग राखेर नेपाल वायू सेवा निगमका कर्मचारीहरुले करिब चार महिनादेखि जारी राखेको आन्दोलन आजबाट स्थगत भएको छ । नवनियुक्त पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले सपथ ग्रहण गरेको ४८ घन्टाभित्र निगमको गतिरोध तोड्न सफल भएका हुन ।

मन्त्री आलेसँगको वार्तापछि कर्मचारीहरु आन्दोलन फिर्ता लिन सहमत भएका छन् । वार्ताका क्रममा मन्त्री आलेले केही समय लिएर कर्मचारीले अघि सार्दैआएका माग सम्वोधन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । मन्त्रीको आग्रहअनुसार आन्दोलित कर्मचारीहरुले सोमबारबाटै नेवानीमा लगाएको ताला खोलेका छन् । कर्मचारीको आन्दोलनका कारण निगम अस्तव्यस्त बन्दैआएको थियो ।

निगमलाई सरकारले निजीकरण गर्न लागेको भन्दै कर्मचारीले आन्दोलन सुरु गरेका थिए । नवनियूक्त पर्यटनमन्त्री आलेले निगमको आन्दोलनलाई प्रमुख प्राथमिकतामा राखेर वार्तासँगै समस्या समाधानतर्फ ध्यान दिने भन्दै गरेको प्रतिबद्धता पुरा हुन्छ कि हुँदैन ? यो प्रतिक्षा बाँकी नै छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6