Monday, 26 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ मन्त्री आलेको पहलमा नेपाल वायू सेवा निगमका कर्मचारीहरुले तोडे चार महिने आन्दोलन

मन्त्री आलेको पहलमा नेपाल वायू सेवा निगमका कर्मचारीहरुले तोडे चार महिने आन्दोलन


काठमाडौं । विभिन्न माग राखेर नेपाल वायू सेवा निगमका कर्मचारीहरुले करिब चार महिनादेखि जारी राखेको आन्दोलन आजबाट स्थगत भएको छ । नवनियुक्त पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले सपथ ग्रहण गरेको ४८ घन्टाभित्र निगमको गतिरोध तोड्न सफल भएका हुन ।

मन्त्री आलेसँगको वार्तापछि कर्मचारीहरु आन्दोलन फिर्ता लिन सहमत भएका छन् । वार्ताका क्रममा मन्त्री आलेले केही समय लिएर कर्मचारीले अघि सार्दैआएका माग सम्वोधन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । मन्त्रीको आग्रहअनुसार आन्दोलित कर्मचारीहरुले सोमबारबाटै नेवानीमा लगाएको ताला खोलेका छन् । कर्मचारीको आन्दोलनका कारण निगम अस्तव्यस्त बन्दैआएको थियो ।

निगमलाई सरकारले निजीकरण गर्न लागेको भन्दै कर्मचारीले आन्दोलन सुरु गरेका थिए । नवनियूक्त पर्यटनमन्त्री आलेले निगमको आन्दोलनलाई प्रमुख प्राथमिकतामा राखेर वार्तासँगै समस्या समाधानतर्फ ध्यान दिने भन्दै गरेको प्रतिबद्धता पुरा हुन्छ कि हुँदैन ? यो प्रतिक्षा बाँकी नै छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-26' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6