Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalपर्यटकीय गाउँ घान्द्रुकमा जिप दुर्घटना, काठमाडौंबाट घुम्न गएका ८ जनाको मृत्यु

पर्यटकीय गाउँ घान्द्रुकमा जिप दुर्घटना, काठमाडौंबाट घुम्न गएका ८ जनाको मृत्यु


काठमाडौं, पोखरा । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जिप दुर्घटनामा परेर ८ जनाले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा काठमाडौँबाट घान्द्रुक घुम्न आएका ७ जना विद्यार्थी र जिप चालक रहेका छन् ।

दुर्घटनामा २० वर्षीया देविका घिसिङको सकुशल उद्धार गरिएको र आठ जना मृतकको सनाखत भएको प्रदेश प्रहरी कार्यालयका डिएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो । दुर्घटनामा परेर मृत्यु हुनेमा जिप चालक अन्नपूर्ण गाउँपालिका–५ का ४२ वर्षीय खुसीमान क्षेत्री, काठमाडौँ गोङ्गबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुन चौधरी, २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्री छन् । दुर्घटनाका मृतकहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।

दसैँ बिदामा घुम्न काठमाडौँ महानगरपालिका– ३ गोङ्गबुबाट आएका विद्यार्थीलाई लिएर नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप अन्नपूर्ण गाउँपालिका–१० हुदु कलडाँडा भीरमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । घुम्ती कटाउन लाग्दा जिप ब्याक भएर दुर्घटना भएको आँकलनसहित घटनाबारे थप अनुसन्धान भैरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6