Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसोल्टी होटलमा शुक्रबार सयौँ कलाकारहरुको जमघट, सक्रिय बन्दै ‘हिमानी ट्रस्ट’ (फोटो फिचर)

सोल्टी होटलमा शुक्रबार सयौँ कलाकारहरुको जमघट, सक्रिय बन्दै ‘हिमानी ट्रस्ट’ (फोटो फिचर)


काठमाडौं । सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटलमा शुक्रबार फरक माहौँल देखियो । जहाँ दिनभर फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको बाक्लो उपस्थिती देखिएको थियो । नयाँ पुराना कलाकार, सञ्चारकर्मीसँगै समाजसेवामा होमिएका धेरैलाई एकैसाथ यसरी भेला हुने अवसर जुराईदिएको हो, ‘हिमानी ट्रस्ट’ले ।

पछिल्लो समय सामाजिक काममा निक्कै सक्रिय ‘हिमानी ट्रस्ट’ले तिहार र छठको उपलक्ष्य पारेर सोल्टीमा चियापान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा कला, खेलकुद तथा साहित्यिक क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई निम्त्याइएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी, पारस र हिमानी पुत्र हृदयन्द्र उपस्थित कार्यक्रममा पूर्वरानी कोमलको उपस्स्थिति भने देखिएन । पूर्व युवराज्ञी हिमानीले ट्रस्टका पदाधिकारीहरूसँगै लाइनमा उभिएर आगन्तुकको स्वागत गरेको कार्यक्रम स्थल विशेष सजावटका कारण आकर्षक देखिएको थियो ।

पञ्चेबाजा समेत घन्काइएको कार्यक्रमस्थलमा बेला–बेला शंखध्वनी गुन्जिन्थ्यो । कार्यक्रमस्थल बाँसुरी, सारंगीको मौलिक धुन, मादलका तालले विशेष र आकर्षक बनेको थियो ।

कार्यक्रमस्थलमा अभिनेता भुवन केसी, शिव श्रेष्ठ, कृष्ण मल्ल, दीपकराज गिरी, सरोज खनाल, जीतु नेपाल, सन्तोष पन्त, केदार घिमिरे, दीपेश्वर गौतम, रमेश बुढाथोकी, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, अभिनेत्री करिश्मा मानन्धर, पबित्रा आचार्य, शमिल्ला मल्ल, सरिता लामिछाने, सुष्मा कार्की, लोक गायिका सुनिता दुलाल, लोकगायक कृष्ण कँडेल लगायत थुप्रै कलाकर्मीहरुको सहभागिता भयो ।

कार्यक्रममा पुरुष कलाकारहरु प्राय दौरा सुरुवाल र सुटमा सजिएका थिए भने महिला कलाकार सारीमा सजिएका कारण आकर्षक देखिएका थिए । कार्यक्रममा सहभागी कलाकार, साहित्यकार लगायत अधिकांशले पूर्व राजपरिवारसँग खिचेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल समेत बनिरहेका छन् । Photo: Himani Trust



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6