Tuesday, 21 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमहिलाकै सहयोगमा बालिका बलात्कार, ७ जना पक्राउ

महिलाकै सहयोगमा बालिका बलात्कार, ७ जना पक्राउ


काठमाडौं,नवलपरासी । महिलाहरुकै उक्साहट वा प्रलोभनमा बालिकाहरु बलात्कृत हुनुपरेको, हिंसा सहनुपरेको तथ्यहरु बारम्बार उजागर भैरहेका छन् । पछिल्लो सय मध्यविन्दु नगरपालिकाकी एक बालिकालाई विभिन्न समयमा बलात्कार गर्ने गरेको अभियोगमा ६ जना र त्यसमा सहयोग गर्ने एक जना महिला पक्राउ परेसँगै यसको रहश्य खुलेको छ ।

नवलपुर प्रहरीले १४ वर्षीया बालिकालाई विभिन्न समयमा बलात्कार गरेको आरोपमा भारतीय नागरिक २२ वर्षीय अभिमन्यु कुमार सहित मध्यविन्दु नगरपालिका–६ का २२ वर्षीय मिलन मगर, १८ वर्षीय विष्णु महतो, १७ वर्षीय एक जना बालक र घटनामा सहयोग गरेको आरोपमा २३ वर्षीय लक्ष्मी कुमाललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का एसपी प्रकाश मल्लले ५ जनालाई कात्तिक १२ गते र घटनामा संलग्न थप दुई जना बालकलाई कात्तिक १३ गते गिरफ्तार गरेको जानकारी दिए । बालिकालाई विभिन्न समयमा भएको बलात्कारको घटनामा अहिले नवलपुर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसरी खुलेको थियो बालिका बलात्कारको पोल
भारतीय नागरिक अभिमन्यु कुमारसंग पीडित बालिका देखेपछि मध्यविन्दु–६ का स्थानीयले बालिकालाई बेचबिखनमा लैजान लागेको हुन सक्ने शंका गर्दै कार्तिक १२ गते चोरमारा प्रहरी चौकीमा खबर गरेका थिए । स्थानीयबाट प्राप्त खबरको आधारमा प्रहरीले बालिकाको उद्दारसँगै आरोपित कुमारलाई गिरफ्तार गर्यो । बालिकाको उद्दारपछि सोधपुछको क्रममा बालिका माथि एक महिना अघिदेखी बिभिन्न समयमा विभिन्न व्यक्तिहरुबाट बलात्कार भएको घटना बाहिरिएको थियो ।

पीडित बालिकाले मैखिकरूपमा गराएको जानकारी अनुसार प्रहरीले घटनामा सहयोगीको रूपमा भूमिका निर्वाह गरेको आरोप लागेकि लक्ष्मी कुमाल सहित आरोपित अन्य व्यक्तिहरुलाई गिरफ्तार गरेर अनुसन्धानलाई अघि बढाएको छ । एसपी मल्लले पीडित बालिका माथि भएको घटनामा संलग्नहरूलाई कानुनी उपचारको दायरामा ल्याउन प्रहरी गम्भीर भएर अनुसन्धानमा जुटेको जानकारी दिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-21' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6