Monday, 26 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ अमेरिकामा साना हतियारको त्रासदी, मिशिगनस्थित विद्यालयमा गोली प्रहार गरेर तीन विद्यार्थीको हत्या

अमेरिकामा साना हतियारको त्रासदी, मिशिगनस्थित विद्यालयमा गोली प्रहार गरेर तीन विद्यार्थीको हत्या


एजेन्सी । अमेरिकाको मिशिगन राज्यस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहारबाट तीन जना विद्यार्थी मारिएका छन् । अमेरिकाका सञ्चारमाध्यमले स्थानीय सुरक्षाकर्मीलाई उद्धृत गर्दै एक शिक्षकसहित ८ जना घाइते भएको जानकारी दिएका छन् ।

घाइते भएका मध्ये दुईजनाको शल्यक्रिया भइरहेको छ भने अरु ६ जनाको अवस्था स्थिर रहेको बताइएको छ। हाइस्कूलमा भएको गोलीकाण्डमा मृत्यु हुनेमा १६ वर्षका छात्र तथा १४ र १७ वर्षकी छात्रा रहेको बताइएको छ । डिट्रोइटबाट ६५ किलोमिटरको दूरीमा रहेको अक्सफोर्ड बजारस्थित हाइस्कूलमा अन्धाधुन्ध गोली प्रहार गरेको अभियोगमा प्रहरीले १५ वर्षका छात्रलाई नियन्त्रणमा लिएको छ । प्रहरीले १५ देखि २० राउण्ड गोली प्रहार भएको जनाएको छ ।

सेमिअटोमेटिक ह्याण्डगनको प्रयोग भएको प्रारम्भीक अनुसन्धानबाट खुलेकाले घटनामा एक छात्र मात्रै संलग्न रहेको अनुमान गरिएको छ ।आक्रमण किन र कुन उद्देश्यका लागि भएको थियो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । स्थानीय समय अनुसार मंगलबार दिउँसो पौने १ बजेतिर अक्सफोर्ड हाइस्कूलमा अन्धाधुन्ध गोली प्रहार भएको खबर बाहिरिएको थियो । प्रहरीले खबर पाएको पाँच मिनेट भित्रै आक्रमणमा संलग्न छात्रले आत्मसमर्पण गरेको अधिकारीहरुले जानकारि दिएका छन् ।

अभियुक्त स्वयम पनि सो स्कूलका विद्यार्थी रहेको उल्लेख छ । आक्रमण पहिले छात्र कक्षामा समेत सहभागि देखिएको खुलेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-26' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6