Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकामा साना हतियारको त्रासदी, मिशिगनस्थित विद्यालयमा गोली प्रहार गरेर तीन विद्यार्थीको हत्या

अमेरिकामा साना हतियारको त्रासदी, मिशिगनस्थित विद्यालयमा गोली प्रहार गरेर तीन विद्यार्थीको हत्या


एजेन्सी । अमेरिकाको मिशिगन राज्यस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहारबाट तीन जना विद्यार्थी मारिएका छन् । अमेरिकाका सञ्चारमाध्यमले स्थानीय सुरक्षाकर्मीलाई उद्धृत गर्दै एक शिक्षकसहित ८ जना घाइते भएको जानकारी दिएका छन् ।

घाइते भएका मध्ये दुईजनाको शल्यक्रिया भइरहेको छ भने अरु ६ जनाको अवस्था स्थिर रहेको बताइएको छ। हाइस्कूलमा भएको गोलीकाण्डमा मृत्यु हुनेमा १६ वर्षका छात्र तथा १४ र १७ वर्षकी छात्रा रहेको बताइएको छ । डिट्रोइटबाट ६५ किलोमिटरको दूरीमा रहेको अक्सफोर्ड बजारस्थित हाइस्कूलमा अन्धाधुन्ध गोली प्रहार गरेको अभियोगमा प्रहरीले १५ वर्षका छात्रलाई नियन्त्रणमा लिएको छ । प्रहरीले १५ देखि २० राउण्ड गोली प्रहार भएको जनाएको छ ।

सेमिअटोमेटिक ह्याण्डगनको प्रयोग भएको प्रारम्भीक अनुसन्धानबाट खुलेकाले घटनामा एक छात्र मात्रै संलग्न रहेको अनुमान गरिएको छ ।आक्रमण किन र कुन उद्देश्यका लागि भएको थियो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । स्थानीय समय अनुसार मंगलबार दिउँसो पौने १ बजेतिर अक्सफोर्ड हाइस्कूलमा अन्धाधुन्ध गोली प्रहार भएको खबर बाहिरिएको थियो । प्रहरीले खबर पाएको पाँच मिनेट भित्रै आक्रमणमा संलग्न छात्रले आत्मसमर्पण गरेको अधिकारीहरुले जानकारि दिएका छन् ।

अभियुक्त स्वयम पनि सो स्कूलका विद्यार्थी रहेको उल्लेख छ । आक्रमण पहिले छात्र कक्षामा समेत सहभागि देखिएको खुलेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6