Monday, 26 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ अस्ट्रेलियाको भिक्टोरियामा दक्ष भिसाको कोटा घट्यो, ९०० सिट मात्रै

अस्ट्रेलियाको भिक्टोरियामा दक्ष भिसाको कोटा घट्यो, ९०० सिट मात्रै


अस्ट्रेलियाको भिक्टोरिया राज्यले आर्थिक वर्ष २०२६–२७ का लागि दक्ष आप्रवासीको स्थायी बसोबाससम्बन्धी सबक्लास १९० भिसामा ९०० वटा नॉमिनेसन स्थान मात्रै पाएको छ। अघिल्लो आर्थिक वर्षमा यस भिसाका लागि २ हजार ७०० स्थान छुट्याइएको थियो।

अघिल्लो वर्षको तुलनामा यस वर्ष भिक्टोरियाको सबक्लास १९० भिसाको नॉमिनेसन कोटा १ हजार ८०० ले घटेको छ। यो करिब ६६.७ प्रतिशतको गिरावट हो।

भिक्टोरिया सरकारले अक्टोबर २६ मा आर्थिक वर्ष २०२६–२७ को दक्ष भिसा नॉमिनेसन कार्यक्रमअन्तर्गत आवेदन दिन इच्छुक व्यक्तिका लागि Registration of Interest (ROI) खुला गरेको जनाएको छ।

सबक्लास १९० भिसा राज्यको नॉमिनेसनमा आधारित स्थायी बसोबासको भिसा हो। राज्यको नॉमिनेसन प्राप्त गर्दैमा भिसा निश्चित हुने भने होइन। आवेदकले संघीय सरकारका अन्य सर्त पनि पूरा गर्नुपर्छ।

यसैबीच, अस्ट्रेलियाको भिक्टोरिया राज्यले दक्ष क्षेत्रीय कामदारका लागि उपलब्ध गराउने सबक्लास ४९१ भिसाको २०२६-२७ को नॉमिनेसन कोटा भने अझै अन्तिम रूप दिइसकेको छैन।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-26' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6