Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविदेशमा बस्ने नेपालीले नेपालमा डलर खाता खोल्न पाउने, यी हुन् अन्य मुद्रा

विदेशमा बस्ने नेपालीले नेपालमा डलर खाता खोल्न पाउने, यी हुन् अन्य मुद्रा


पुण्यप्रसाद धमला, काठमाडौं । गैह्र आवासिय नेपालीहरु र संघ संस्थाले नेपालमा ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा बचत गर्नेगरि मुद्धती खाता खोल्न र सञ्चालन गर्न पाउने भएका छन् ।

परराष्ट्र मन्त्रालयको नीति योजना विकास कुटनीति तथा विदेशमा रहेका नेपाली सम्बन्धी महाशाखाले विदशस्थित सबै नेपाली नियोग, गैह्र आवासिय नेपाली संघ सचिवालय बालुवाटारलाई पत्राचार गर्दै यस्तो निर्णयबारे जानकारी गराएको हो । परराष्ट्रको निर्णयलाई अर्थमन्त्रालय र राष्ट्र बैंकले अनुमोदन गरेसँगै अब गैह्र आवासीय नेपाली र नेपालीबाट प्रवद्धित संस्थाले नेपाली बैंकमा सिधै अष्ट्रेलियन डलर, अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, जापानीज यन, चिनियाँ युआन मुद्धती बचत खाता खोल्न पाउने छन् ।

न्युनतम ५ हजार अमेरिकी डलर वा सो बराबरको बचत जम्मा गर्ने एवंम सो बराबरको बचत बिदेशी मुद्रामै लैजान पाउने जनाइएको छ । पराराष्ट्र निर्णय अनुसार राष्ट्र बैंकले समेत यो व्यवस्था बारे विदेशस्थित कुटनीतिक नियोग र एनआरएनएलाई जानकारी गराईसकेको जानकारि दिइएको छ ।

यस्तो छ परराष्ट्रको पत्राचार :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6