Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी र बिचौलिया प्रहरी फन्दामा !

नेपालमा नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी र बिचौलिया प्रहरी फन्दामा !


काठमाडौं । प्रहरीले भक्तपुरको ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ अस्पताल र तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.बाट नक्कली पीसीआर रिपोर्ट बनाउन सक्रिय ४ जनालाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल र काठमाडौं तीनकुनेमा रहेको कान्तिपुर अस्पतालबाट बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुका लागि आवश्यक पर्ने पीसीआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई नक्कली पीसीआर रिपोर्ट बनाईदिने गरेको भन्ने बिशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

बुधबार विहान अप्रशनका क्रममा १०ः ३० बजेको समयमा नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका कर्मचारी परिचयपत्र भएका रोशन कुमार छिट्टानलाई नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडबाट जारी भएका ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्ट सहित एयरपोर्ट अगाडिबाट पक्राउ गरि जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटार स्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा पुग्दा उक्त हस्पिटलका ल्याब म्यानेजर प्रसन्न कुमार झालाई फेला पारी नियन्त्रणमा लिइएको प्रहरी जनाएको छ । यस्तै, काठमाडौं तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का कर्मचारी परिचय पत्र भएका नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पिसीआर रिपोर्ट सहित सोही अस्पताल अगाडि फेला पारी उक्त अस्पतालको ल्याबमा पुग्दा सोही ल्याबका कर्मचारी माधव मैनालीलाई फेला पारी नियन्त्रणमा लिइएको बताइएको छ । सम्बन्धित व्यक्तिहरुको स्वाब संकलन तथा परीक्षण नै नगरी कान्तिपुर अस्पताल प्रा.लि.बाट पीसीआर रिपोर्ट नेगेटिभ भनि उल्लेख भएका ४ थान नक्कली पीसीआर परीक्षण रिपोर्ट सहित जम्मा ४ (चार) जना ब्यक्तिहरुलाई राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबारमा पक्राउ गरिएको थियो ।

दुवै अस्पतालका ल्याबबाट पीसीआर रिपोर्ट न्भलभचबतभ गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण र पीसीआर दर्ता रजिष्टरहरु समेत नियन्त्रणमा लिएको प्रहरीले फरार रहेका दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास गरिरहेको छ । साथै दुबै अस्पतालका पीसीआर ल्याबहरु सिल गरि सबै सेवा बन्द गरिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट खुलेका तथ्यहरु यस्ता छन् ।
– कतिपय व्यक्तिको स्वाब र परीक्षण बिनै नेगेटिभ पीसीआर रिपोर्ट दिने गरेको ।

– ल्याबमा कार्यरत भनिएका बिशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो Digital Signature प्रयोग गरि रिपोर्ट दिने गरेको ।

— कतिपय पिसिआर पोजेटिभ देखिएका स्याम्पलहरुको CT Value तलमाथि गरि नेगेटिभ रिपोर्ट दिने गरेको तथा पिसिआर रिपोर्टको मिति समेत तलमाथि गरी रिपोर्ट दिने गरेको ।

– उल्लेखित अस्पतालहरुले केहि बिचौलियाहरुलाई अस्पतालको कर्मचारी भनि परिचयपत्र समेत बनाई दिई सामुहिक स्वाब संकलन गर्न प्रयोग गर्ने गरेको ।

– सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाहरुले आफैले आफ्नै स्वाव संकलन गरि बिभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको ।

– बिचौलिया र ल्याबका कर्मचारी एवं व्यबस्थापनको मिलेमतोमा बिदेश जाने व्यक्तिहरुलाई PCR रिपोर्ट Negative बनाइदिने भनि प्रति व्यक्ति रु. १० हजार सम्म असुल गरेको भेटिएको ।

– QR Code बाट Scan गरी हेर्ने मिल्ने गरी सक्कली जस्तै Report  बनाउने गरेको पाईएको ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6