Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबेलायतले किन दियो नेपाललाई ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड ?

बेलायतले किन दियो नेपाललाई ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड ?


काठमाडौं । कोरोना महामारीको समयमा अलपत्र विदेशी पर्यटकको खोज उद्धारमा उत्कृष्ट कार्य गरेको भन्दै बेलायतले नेपाललाई ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड दिएको छ ।

विश्व चर्चित वन्डरलस्ट म्यागजिनले बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजित कार्यक्रममा महामारी रोकथामका लागि गरिएको बन्दाबन्दीको समयमा नेपालका विभिन्न गन्तव्यमा अड्किएका विदेशी पर्यटकको उद्धारमा सक्रियता देखाएबापत नेपाललाई यो अवार्ड प्रदान गरेको हो ।

लण्डनमा आयोजित वल्र्ड ट्राभल मार्ट (डब्लुटिएम) को अवसरमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई अवार्ड हस्तान्तरण गरिएको हो । अवार्डका लागि नोमिनेशनमा नौवटा मुलुक परेपनि सबैलाई उछिन्दै नेपालले अवार्डमाथी कब्जा जमाएको हो । पर्यटनमन्त्री आले, पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी र छवटा नेपाली पर्यटन व्यवसायी कम्पनी सन् २०२१ नोभेम्बर १ देखि ३ सम्म आयोजना भएको डब्लुटिएममा सहभागी भएका थिए ।

बन्दाबन्दीको समयमा पर्यटन बोर्डले स्ट्रयान्डेड इन नेपाल अनलाइन अभियान सञ्चालन गरी सीसीएमसी, जिल्ला प्रशासन कार्यालय, पर्यटक प्रहरी, स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा नेपालका विभिन्न ३३ वटा गन्तव्यमा अलपत्र परेका एक हजार ७२१ जना विदेशी पर्यटकलाई उद्धार गरेको थियो । यस्तै, बोर्डले नेपालस्थित विभिन्न कूटनीतिक नियोगसँगको समन्यवमा रिपाट्रिएशन फ्लाइटमार्फत करिब पाँच हजारभन्दा विदेशी पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6