Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभरतबन्धु थापाको ‘तस्बिरमा नेपाल’ फोटो पुस्तक बजारमा, नेपाल चिनाउने प्रयास

भरतबन्धु थापाको ‘तस्बिरमा नेपाल’ फोटो पुस्तक बजारमा, नेपाल चिनाउने प्रयास


काठमाडौं । पत्रकारिता क्षेत्रसँगै लेखनमा समेत सक्रिय रहेका भरतबन्धु थापाले ‘तस्बिरमा नेपाल’ फोटो पुस्तक बजार ल्याएका छन् । तस्बिरमा नेपाल नामक पुस्तकमा पुर्वको ओलाङचुङदेखि पश्चिमको कालापानीसम्म र उत्तरमा सगरमाथा देखि दक्षिणमा जनपुरसम्मका नेपालको विविधता झल्काउने तस्बिरहरू समावेश गरीएका छन् ।

सातै प्रदेशको परिचय सहित त्यहाँका प्रमुख स्थानका तस्बिरहरूलाई एउटै कृतिमा समेटेर नेपाल प्रज्ञा पतिष्ठानले प्रकाशन गरेको ‘तस्बिरमा नेपाल’ थापाको छैठौ कृती हो । पुस्तकमा फोटो पत्रकार भरतबन्धु थापाले विगत दुई दशक देखि कैद गरेका भौगोलिक,प्राकृतीक सुन्दरता, पुरातात्विक गौरव, ऐतिहासिक गरिमा र धार्मिक तथा पर्यटकीय दृष्टिले उच्च महत्व राख्ने ४ सयभन्दा बढी तस्बिरहरू समावेश गरिएका छन् । प्रदेश नम्बर १ देखि सुदूरपश्चिम प्रदेशसम्मका सात प्रदेशलाई सात खण्डमा विभाजन गरी प्रदेशको परिचय सहित प्रदेशलाई चिनाउने तथा प्रदेशका धार्मिक, साँस्कृतीक, प्राकृतीक तथा ऐतिहासिक महत्तवपुर्ण स्थानका चित्रलाई पुस्तकमा स्थान दिइएको लेखक थापाले जानकारी दिए । नेपालको सुन्दरता तथा यसको महत्वलाई तस्बिरमार्फत समेट्ने प्रयास गरेको बताउने लेखक थापाले यो पुस्तक नेपाल बुझ्नलाई आँखीझ्याल हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिष्ठानले नेपाल चिनाउने बृहत ग्रन्थका रूपमा ‘नेपाल दर्पण’ नामक ग्रन्थ प्रकाशन गर्ने घोषणा दुई वर्षअगाडि नै गरे पनि कोभिड–१९ का कारण सरकारबाट आवश्यक बजेट नआउँदा अनुसन्धान तथा लेखन कार्य रोकिएको थियो । ‘तस्बिरमा नेपाल’ पुस्तक र यहाँ समावेश फोटोको माध्यमबाटै भएपनि सिंगो मुलुक चिनाउने योजना पूरा भएको प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत प्रसाद उपाध्यायले जानकारी दिए । ३ सय २० पृष्ठको तस्बिरमा नेपाल पुस्तकको मुल्य २ हजार ७० रुपैया राखिएको छ । प्रतिष्ठानको बिक्रीकक्षमा र अधिकृत विक्रेतामार्फत देशभरका पुस्तक पसलहरूमा पुस्तक प्राप्त गर्न सकिनेछ छ ।

थापाले वाईल्ड वेष्ट नेपाल (२०१३), गन्तव्य कर्णाली (२०१९),कर्णाली (२०२०), एक्सपोलर फारवेष्ट (२०२०) र गन्तव्य मध्यपुर (२०२१) पुस्तक यसअघि नै प्रकाशनमा ल्याएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6