Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबेलायतमा नेपाली नर्सले वार्षिक ७५ लाखसम्म कमाउने, कहिले होला त श्रम सम्झौता ?

बेलायतमा नेपाली नर्सले वार्षिक ७५ लाखसम्म कमाउने, कहिले होला त श्रम सम्झौता ?


काठमाडौं । बेलायतमा नेपाली नर्सले रोजगारीको अवशर पाएमा वार्षिक ७५ लाखसम्म कमाउने अवशर पाउने भएका छन् । बेलायतले आफ्ना नर्सहरूले मासिक ४ हजार पाउन्ड स्टर्लिङसम्म तलब सुविधा पाइरहेकाले नेपाली नर्सलाई सरकारी स्वसरह तलब दिने प्रस्ताव गरेको हो ।

सरकारीस्तरमै सम्झौता गरेर नर्स लैजान गरि (जीटुजी) समझदारी गर्न अहिले दुवै देशका श्रम अधिकारीहरू नियमित वार्तामा जुटेका छन् । छनोट भएर जाने नर्सले वार्षिक ४८ हजार पाउन्ड स्टर्लिङ (मासिक ४ हजार पाउन्ड) अर्थात् करीब ७५ लाख रुपैयाँसम्म तलब पाउने बेलायतले सरकारले नै जानकारि दिएको छ । बेलायतमा नेपाली नर्सलाई रोजगारीको अवसर दिनेबारे दुई देशबीच औपचारिक सम्वाद अघि बढिसकेको छ । बेलायत सरकारले औपचारिक पत्र काटेरै नेपाली नर्सलाई आफ्नो ‘नेसनल हेल्थ प्रोग्राम’अन्तरगत अवसर दिन चाहेको बताएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यदल बनाएर वार्ता अघि बढाइरहेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले समेत बेलायतले विभिन्न देशमा गरेर एक लाख नर्स लैजान खाजेको भएपनि नेपालबाट कति नर्स, कहिलेसम्म, कुन मापदण्ड, विधि, प्रक्रियाबाट लैजान चाहेको हो भन्ने स्पष्ट नभएको जानकारी दिनुभयो । यसबारे वार्ता गर्न मन्त्रालयकी सहसचिव विनु बज्राचार्यको संयोजकत्वमा बनेको समितिले कार्ययोजना अघि बढाउने उहाँले बताउनुभयो । अनौपचारिक रुपमा बेलायत सरकारले नेपालबाट १० हजार जना नर्सलाई रोजगारी दिनसक्ने बुझिएको छ । यो संख्यामा केही थपघट भने हुनसक्नेछ ।

सरकारीस्तरमै सम्झौता गरेर नर्स लैजाने तयारीलाई दुई देशबीचको समितिले अन्तिम रुप दिन वार्ता गरिरहेको छ । बेलायतले फिलिपिन्स, भारत र नेपालबाट नर्सिङ क्षेत्रका श्रमिक लैजान इच्छा जाहेर गर्दै आएको छ । बेलायतले अंग्रेजी भाषाको राम्रो ज्ञान भएकालाई मात्रै रोजगारीको अवशर दिने जनाएको छ । यसका लागि छुट्टै भाषा परीक्षा समेत लिने बेलायतको प्रस्ताव छ । नर्सलाई अवसर दिनेबारे छलफल थालेपछि मन्त्रालयले नेपाली बजारमा उपलब्ध नर्सबारे पनि नर्सिङ काउन्सिलबाट जानकारी लिइरहेको छ ।

कति छन त नेपालमा नर्स ?
नर्सिङ काउन्सिलमा ६६ हजार नर्स दर्ता छन् । यीमध्ये २४ हजार जना रोजगारी र पढाइका सिलसिलामा देश बाहिर रहेको पाइएको छ । ८ हजार नर्स भने विभिन्न सरकारी स्वास्थ्य संस्थामा सेवारत छन् । बजारमा उपलब्ध करीब ३३ हजारमध्ये कति नर्स निजी स्वास्थ्य संस्थामा रहेर काम गरिरहेका छन् भन्ने यकिन तथ्यांक सरकारसँग देखिदैन । नेपालले सरकारी तवरबाटै नर्सलाई ‘केयर गिभर’का रुपमा इजरायलमा पठाइरहेको छ । यस्तै व्यक्तिगत तवरमा श्रम इजाजत लिएर नर्सिङकै लागि अष्ट्रेलिया, जर्मन, युके लगायतका विभिन्न देश जानेहरुको संख्या पनि ठूलो छ ।

नेपालमा एसएलसी गरेर तालिम लिएका, उच्च शिक्षा लिएका, स्नातक गरेका र स्नातकोत्तर गरेकासम्म फरक–फरक प्रकृतिका नर्स छन् । कस्ता नर्सले बेलायतमा अवसर पाउने भन्ने यकिन हुन बाँकी रहेको बताइएको छ । नेपालले प्रस्ताब गरे अनुसार भाषा, मेडिकल, भिसा, टिकट, बीमादेखि सबै खर्च आफैंले व्यहोर्न बेलायत सरकार तयार भइसकेकोले छ । नेपालबाट चरणवद्ध रुपमा नर्सहरु लैजाने बेलायतको प्रस्ताव छ । पहिलो चरणमा केही सय नर्सलाई अवसर दिने र क्रमैसँग थप्दै जाने बेलायतको योजना अघि बढेर कहिले रोजगारीको ढोका खुल्ने हो एकिन हुन भने बाँकी नै छ ।

बेलायतसँग करार अवधि, श्रमिकको हित, सुविधा र छनोट विधिसहितका प्रक्रिया बारेमा छलफल जारी रहेको बताउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बेलायतले इच्छा देखाएअनुसार नै समझदारी भयो भने नेपाली नर्सका नयाँ श्रम गन्तव्यको ढोका खुल्ने बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6