Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभावि नेतृत्व छान्दै नेपाली कांग्रेस, यी हुन सभापतिका प्रतिस्पर्धी

भावि नेतृत्व छान्दै नेपाली कांग्रेस, यी हुन सभापतिका प्रतिस्पर्धी


काठमाडौं । नेपाली कांग्रेसको भावि नेतृत्वका लागि चार शीर्ष नेताहरुबीच टकराव हुने देखिएको छ । प्रधानमन्त्री एवंम बहालबाला सभापति शेरबहादुर देउवाले सभापतिमा दोहोरिने गरि उम्मेदवारि दर्ता गरेका छन् भने उनलाई शेखर कोइराला, विमलेन्द्र निधी र प्रकाशमान सिंहले चुनौति दिएका छन् ।

देउवा र कोइरालाले सभापतिसँगै प्यानल नै बनाएर प्रतिस्पर्धा थाल्दा निधीले प्यानलबिना नै सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, सिंहले दुई उपसभापति र एक महामन्त्रीको टिम बनाएर सभापतिको उम्मेदवार दर्ता गराएका छन् । कांग्रेस सभापतिका लागि ६ जना नेताहरुको भिडन्त निश्चित भइसकेको छ । लो प्रोफाइलका दुई उम्मेदवार कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । प्रतिस्पर्धी ६ जना भएपनि मुख्य प्रतिस्पर्धा देउवा र कोइरालाबीच हुने आँकलन गरिएको छ ।

को–को छन त पदाधिकारिका प्रतिस्पर्धी ?

देउवाको प्यालमा पुराना अनुहारहरु बढी समेटिएका छन् । उपसभापतिमा पूर्णबहादुर खड्का र डा. विजय गच्छेदारले उम्मेदवार दिएका छन् । महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदिप पौडेल प्यानलमा समेटिएका छन् । युवा नेता पौडेलले सिटौला समुहबाट स्थान पाएका हुन् । महिला सह–महामन्त्रीमा डिना उपाध्याय, जनजाती सहमहामन्त्रीमा भिष्मराज आङ्गदाम्बे, मधेशी सहमहामन्त्री महेन्द्र यादव खस\आर्य सहमहामन्त्री किशोर सिंह राठौँर, थारु उमाकान्त चौधरी, मुस्लिम परम्ल्ला मन्सुर, पिछडिएको जिवनबहादुर शाही, दलित सहमहामन्त्री मानबहादुर बिश्वकर्मा देउवा प्यानलमा समेटिएका छन् ।

कोइरालाको प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङले उम्मेदवारि दर्ता गराएका छन् । महामन्त्रीमा मिनेन्द्र रिजाल र गगनकुमार थापा समेटिएका छन् । सहमहामन्त्रीतर्फको महिला कोटामा कमला पन्त, जनजाती कोटामा विकास लामा, मधेशीमा रामकृष्ण यादव, खस\आर्यमा देवराज चालीसे, थारुमा तेजुलाल चौधरी, मुष्लिमतर्फ शेख वकिल, पिछडीएकोतर्फ बद्री पाण्डे र दलित कोटामा जीवन परियारले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

प्रकाशमानले उपसभापतिमा सुजाता कोइराला, महेश आचार्य र महामन्त्रीमा विश्वप्रकाश शर्मालाई मात्रै प्रतिस्पर्धामा उभ्याएका छन् । शर्मा देउवाको प्यानलमा नअटेपछि सिंहको प्यानलमा पुगेका हुन । उपसभापतिमा दिव्यश्री साहले समेत उम्मेदवारी दर्ता गराएका छन् । महामन्त्री पदमा राजाराम कार्कीले समेत उम्मेदवारि दर्ता गराएका छन् । सहमहामन्त्री पदमा रञ्जित कर्ण समेतको उम्मेदवारी परेको छ ।

१३४ पदका लागि ५४८ को उम्मेद्वारी परेको पाइएको छ । १३ पदाधिकारीका लागि मात्रै ३९ जनाले प्रतिस्पर्धा गर्दैछन् । १ सय ३४ केन्द्रीय सदस्यका लागि ५ सय ९ जना प्रतिस्पर्धी बनेका छन् ।

महाधिवेशन प्रतिनिधिका रुपमा युवाहरुको बाहुल्यता बढ्दै गरेको कांग्रेसको यो महाधिवेशनमा रोचक भिडन्त हुँने आँकलन गरिएको छ । शेरबहादुर देउवाले दोश्रो कार्यकाल दोहोर्याउन पाउलान वा नेतृत्व फेरिन्छ यो प्रतिक्षाको बिषय भएपनि देउवा र कोइराला बिच कडा प्रतिस्पर्धा हुने निश्चित जस्तै छ । पहिलो चरणमा कुनैपनि उम्मेदवराले कांग्रेस विधान अनुसारको ५१ प्रतिशत ल्याउने सम्भावना देखिदैन । दोश्रो चरणमा देउवा र कोेइराला मध्ये कस्ले बाँजी मार्छन चासोका साथ हेरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6