Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबैदेशिक रोजगारीका प्रमुख ७ गन्तव्यमुलुकमा प्रहरी सहचारी राख्ने नेपाल प्रहरीको प्रस्ताव

बैदेशिक रोजगारीका प्रमुख ७ गन्तव्यमुलुकमा प्रहरी सहचारी राख्ने नेपाल प्रहरीको प्रस्ताव


काठमाडौं । नेपालीहरु पुगेका बैदेशिक रोजगारीका प्रमुख गन्तव्यमुलुकमा प्रहरी सहचारी राख्न नेपाल प्रहरीले प्रस्ताव गरेको छ। यूएई, मलेसिया, कतार, साउदी अरबसहित चीन र बंगलादेशमा प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको हो ।

विभिन्न ७ देशमा प्रहरी सहचारी राख्न भन्दै गरिएको प्रस्ताव गृह मन्त्रालयमा पुगेको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय डिपमार्टमेन्ट अफ पिस किपिङ अपरेन्सस (डीपीकेओ) मापनि प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको बताइएको छ। हाल भारतमा मात्र नेपाल प्रहरीको प्रहरी सहचारी राखिएको छ ।

यो प्रस्ताब ०५६ सालमा अच्युतकृष्ण खरेल प्रहरी महानिरीक्षक रहेका बेला अघि बढाइएको थियो । त्यसयता नेपाल प्रहरीको नेतृत्व फेरिएपिच्छे विदेशस्थित दूतावासमा प्रहरीका सहचारी राख्ने प्रस्ताव पेश हुँदै आएपनि निर्णय हुन सकेको छैन । सात वटा मुलुकका नेपाली दूतावासमा प्रहरी सहचारी (कन्सुलर) राख्न नेपाल प्रहरीले गरेको प्रस्ताव १९ वर्ष बितिसक्दा पनि निर्णय हुन सकेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6