Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsओमिक्रोनको असर फोक्सोमा कम घाँटीमा धेरै हुने स्वास्थ्य बैज्ञानिकको दाबी, घट्दै संक्रमणदर

ओमिक्रोनको असर फोक्सोमा कम घाँटीमा धेरै हुने स्वास्थ्य बैज्ञानिकको दाबी, घट्दै संक्रमणदर


एजेन्सी,काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभर त्रासदी फैलिरहँदा यसले फोक्सोमा धेरै हानी नगर्ने अध्ययन सार्वजनिक भएको छ । बेलायतमा ६ वटा अनुसन्धान समूहले गरेको अध्ययनले ओमिक्रोन भेरियन्टले फोक्सोमा कम र घाँटीमा बढी असर देखिने गरेको तथ्य सार्वजनिक भएको हो ।

यो परिक्षण मुसा मार्फत गरिएको बताइएको छ । युनिभर्सिटी अफ लिभरपुल मोलकुलर भाइरोलोजी रिसर्ज ग्रुपले प्रकाशित गरेको अध्ययन अनुसार ओमिक्रोन सङ्क्रमित मुसाको तौल खासै नघटेको तथा निमोनिया भए पनि सामान्य मात्र असर देखिएको पाइएको छ । यो भेरियन्ट नाक तथा घाँटीमा रहरिहने भएकाले खोक्दा, हाँछ्यु गर्दा छिटोछिटो अरु व्यक्तिमा सर्ने गरेको युनिभर्सिटी कलेज लण्डनका भाइरोलोजी प्राध्यापक दीनन पिल्लेले बताउनुभयो । अध्ययनमा ओमिक्रोन सङ्क्रमित बिरामीको फोक्सोमा कम हानी भएको उहाँको दाबी छ । मुसामा गरिएको अध्ययनले अन्य भेरियन्टले भन्दा ओमिक्रोनले फोक्सोलाई १० प्रतिशत कम हानी गरेको पाइएको छ।

यस्तै, दक्षिण अफ्रिकाको तथ्याङ्कलाई आधार मान्ने हो भने पनि डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोनबाट सङ्क्रमित बिरामीको ज्यान जाने जोखिम ८० प्रतिशतले कम पाइएको छ । यसअघि बेलायतको स्वास्थ्य सुरक्षा निकायले आफ्नो प्रारम्भिक अध्ययनबाट अन्य भेरियन्टले भन्दा ओमिक्रोन कम घातक भएको निष्कर्ष सार्वजनिक गरिएको थियो । अध्ययनले ओमिक्रोन भएका झण्डै ७० प्रतिशत बिरामी अस्पताल भर्ना हुनु नपर्ने देखाएको थियो । यता, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भने केही दिन अघि ओमिक्रोन अन्य भेरियन्ट भन्दा तीव्र गतिमा फैलिने भएकाले भन्दै कोरोना सङ्क्रमणको सुनामी नै आउन सक्ने चेतावनी दिएको थियो ।

घट्दै कोरोना संक्रमण
विश्वभर दैनिक थपिने कोरोना संक्रमितको संख्या पनि केही कमी आउन थालेको छ । पछिल्लो साता दैनिक १८ लाखसम्म कोरोना संक्रमित थपिने गरेकोमा पछिल्लो २४ घण्टामा ८ लाख एक हजार ४१९ जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा ३ लाख ४१ हजार ४५२ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा विश्वभर २ हजार ८७५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना महामारिको प्रकोप अमेरिका, युरोपेली मुलुक र अफ्रिकी मुलुकमा बढी देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6