Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिटर पास बन्द, बिदाइ र स्वागतमा रोक !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिटर पास बन्द, बिदाइ र स्वागतमा रोक !


काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण सेवा बन्द गरेको छ । अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको कार्यालयले जानकारि दिएको हो ।

विमानस्थल कार्यालयले विमानस्थलमा पर्याप्त स्थान अभाव रहेको, भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउन समेत सर्वसाधारणमा अनुरोध गरेको छ । यसअघि पनि कार्यालयले स्वागत र बिदाइमा विमानस्थलमा नआउन आह्वान गर्दैआएको थियो । मानिसहरुको भिडभाड नघटेपछि कार्यालयले फेरि पनि सूचना नै जारि गरेर यस्तो आह्वान गरेको हो । कार्यालयले हवाई यात्राका दौरान समेत आवश्यक जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ । नेपाल र छिमेकी मुलुकमा समेत कोरोना फैलिएको भन्दै यसबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना नै पहिलो सुरक्षा सर्त हुने भनिएको छ ।
यस्तो छ अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सूचना :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6