Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रमुख श्रम गन्तव्यमा देखिएका अवरोधका कारण नेपालको रेमिटेन्स घट्यो

प्रमुख श्रम गन्तव्यमा देखिएका अवरोधका कारण नेपालको रेमिटेन्स घट्यो


काठमाडौं । प्रमुख श्रम गन्तव्यमा देखिएका अनेकन अवरोधका कारण रेमिटेन्स आप्रवाहमा गिरावट आउन थालेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणमा रेमिटेन्स आप्रवाह ६.८ प्रतिशतले घटेको पाइएको हो । यहि अवधिमा कुल तीन खर्ब ८८ अर्ब ५८ करोड रूपैयाँ बराबरको रेमिटेन्स आप्रवाह भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह ११.० प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह ७.३ प्रतिशतले कमी आएर ३ अर्ब २६ करोडमा झरेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्यरूपमा वृद्धि भई एक लाख ३१ हजार ८२ पुगेको राष्ट्र बैंकले जानकारि दिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो।

यसैगरि वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० पुगेको छ। अघिल्लो वर्षको यो अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आएर ४३३ अर्ब ९२ करोडमा सिमित भएको छ। अघिल्लो वर्षको यहि अवधिको यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6