Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएनआरएनको बिवाद समाधान गरेर निर्वाचन गराउन शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति

एनआरएनको बिवाद समाधान गरेर निर्वाचन गराउन शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति


काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनले बिवाद समाधान गरेर निर्वाचन कार्यक्रम अघि बढाउन संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ। संघको दशौँ महाधिवेशन तथा आईसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरूको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्न भन्दै आईसीसीको शनिबार सम्पन्न ८१औँ बैठकले घलेको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।

बिवाद समाधानका लागि भन्दै गठित उच्चस्तरीय समितिका सदस्यहरूमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरू देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, रामप्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहेका छन्। २८ फेब्रुअरीसम्ममा संघको दशौँ महाधिवेशन तथा निस्पक्ष चुनाव सम्पन्न गर्न यो समितिमार्फत पहल हुने बताइएको छ । महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली संघको विधान र नियमावलीअन्तर्गत रहेर २६ जनवरीसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षमार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने सहमति समेत भएको छ । उच्चस्तरीय समितिलाई आवश्यक परेको खण्डमा कानूनी, आइटीलगायतका विशेषज्ञहरू रहेको स्वतन्त्र समितिहरू गठन गर्ने अघिकार समेत दिइएको छ ।

संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले समेत उक्त समितिलाई सघाउने सहमति भएसँगै लमो समयदेखीको एनआरएन बिवाद समाधान हुने विश्वास गरिएको छ । गत अक्टोबरमा नै हुनुपर्ने संघको दशौं महाधिवेशन तथा निर्वाचन महाधिवेशन प्रतिनिधि चयनको विवादका कारण पटक पटक प्रभावित हुँदै आएको छ । नेपालस्थित परराष्ट्र मन्त्रालयको हस्तक्षपका कारण यो बिवाद थप बल्झिदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6