Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविदेशबाट नेपाल आउँदा १० दिन होम क्यारेन्टिन बस्नुपर्ने, यस्ता छन पछिल्ला नियमहरु

विदेशबाट नेपाल आउँदा १० दिन होम क्यारेन्टिन बस्नुपर्ने, यस्ता छन पछिल्ला नियमहरु


काठमाडौं । नेपालमा कोरोना महामारिले तिब्रता पाइरहेपनि अहिलेसम्म विदेशबाट आउने यात्रुहरूमाथी प्रतिबन्ध लगाइएको छैन । अनिवार्य क्वारेन्टिनको व्यवस्था नगरिएपनि पूर्ण खोप लगाएको १४ दिन पुगेपछि यात्रा गर्ने नेपाली नागरिक, कूटनीति वा अफिसियल पासपोर्ट बाहक, आवासिय भिषा प्राप्त विदेशी नागरिकका हकमा १० दिन होम क्वारेन्टिन बस्नगेगरि आउन दिइएको छ । पूर्ण खोप नलगाएका, लगाएकाहरुको पनि १४ दिन नपुगेकाहरुको हकमा नेपालको प्रवेश विन्दुमा अनिवार्य एन्टिजेन परिक्षण गरिनेछ, कोरोना रिपोर्ट नेगेटिभ आएमा १० दिन होम क्वारेन्टिनमा बस्नेगरि पठाइने र कोरोना रिपोर्ट पोजेटिभ आएमा संस्थागत आइसोलेसनमा पठाउनेगरि ट्राभल एड्भाइजरी जारि गरिएको छ ।

हवाई यात्राका गर्दा ७२ घण्टाभित्रको पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने, अनिवार्य मास्कको प्रयोगलाई भने बाध्यकारि भएपनि सबैको हकमा क्वारेन्टिन अनिवार्य नगरिएको अध्यागमन विभागले जानकारि दिएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगै परराष्ट्र मन्त्रालयले समेत विदेबाट गरिने नेपाल यात्रामा केही कडाई गरिएपनि प्रतिबन्धात्मक व्यवस्थाहरु लागू भैनसकेको जानकारि दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले त सरकार बन्दाबन्दी गरेर देशको अर्थतन्त्र धारासायी बनाउने पक्षमा नरहेको भन्दै हरेक व्यक्ति जनस्वास्थ्यका मापदण्डको पालनासँगै सरकारी निर्देशनको अधिनमा रहेर सुरक्षित हुनुपर्ने बताउनुभयो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार भन्दै केही समय अघि अध्यागमनले ओमोक्रोनको भेरियन्ट फैलिएका ६७ देशबाट नेपाल आउनेहरुलाई ७ दिन अनिवार्य होटल क्वारेन्टिनको सूचना जारी गरेर २४ घण्टा नपुग्दै फिर्ता लिएको थियो । अर्को सूचना जारी नहुँदासम्मका लागि अनिवार्य क्वारेन्टिनको नियम स्थगन भनिएकोमा त्यसपछि अहिलेसम्म कुनै सूचना प्रकाशित भएको छैन । हंकङ, दक्षिण अफ्रिका, नामिविया लगायतका ९ देशमाथीको यात्रा प्रतिबन्ध भने यथावत राखिएको छ ।

यस्तो छ पछिल्लो ट्राभल एड्भाइजरी :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6