Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबलिउड अभिनेता खानको फाउण्डेशनकै अवैध धन्दा, नेपालका सञ्चालक बख्रेल पक्राउ पर्दा खुल्यो पोल !

बलिउड अभिनेता खानको फाउण्डेशनकै अवैध धन्दा, नेपालका सञ्चालक बख्रेल पक्राउ पर्दा खुल्यो पोल !


काठमाडौं । बलिउड अभिनेता सलमान खानको फाउन्डेसनले चलाएको क्लथिङ स्टोर ‘बिइङ ह्युम्यान’को आवरणमा अवैध गतिविधि हुने गरेको रहश्य बाहिरिएको छ । नेपालस्थित लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, महानगरीय अपराध अनुसन्धान महाशाखा बानेश्वर र औषधि व्यवस्था विभागले गरेको छुट्टाछुट्टै अनुसन्धानले ‘बिइङ ह्युम्यान’ का नेपाल सञ्चालक सन्तोषचन्द्र बख्रेल अवैध गतिविधिमा संलग्न रहेको देखाएको हो ।

अपराध महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले बख्रेलले बिइङ ह्युम्यानको नाममा भन्सार छलेर मदिरा, सुर्तीजन्य पदार्थ र कस्मेटिक सामानको अवैध ओसारपसार गर्ने गरेको भेटिएको जानकारि दिनुभयो । लागूऔषध सम्बन्धी कसूरमा समेत बख्रेल मुछिएका छन् । केही समय अघिसम्म बिइङ ह्युम्यानमा राजु थापा सञ्चालक रहेकोमा हालै मात्र बख्रेलले बिइङ ह्युम्यान नेपालको स्वामित्व लिएका थिए ।

यसरी खुलेको थियो, अवैध गतिबिधिको पोल
महानगरीय प्रहरी परिसर, काठमाडौंले बिइङ ह्युम्यानका म्यानेजर हिरोसी खनाललाई ६९ लाख ५० हजार रुपैयाँ नगदसहित मंसिर १९ मा पक्राउ गरेसँगै प्रहरीले यसका गतिविधिबारे निगरानी बढाइरहेको थियो । त्यसबेला विइङ ह्युम्यानमार्फत हुण्डी कारोबार हुने गरेको आशंका प्रहरीले गरेपनि अहिलेसम्म सत्यता के हो खुलाउन सकेको छैन । बिइङ ह्युमानले कम्पनीको नामबाट विज्ञप्ति जारी गर्दै पसलमा बिक्री गरेर उठेको रकमसहित प्रहरीले पक्राउ गरेको दाबी गरेको थियो । तर बरामद रकमको स्रोत नखुलेपछि शम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाइरहेको छ ।

महानगरीय अपराध महाशाखाले गत शुक्रबार चलाएको अपरेशनका क्रममा बिइङ ह्युम्यानका सञ्चालक बख्रेल पक्राउ परेका थिए । उपत्यकामा रेड लेभल, ब्ल्याक लेभल, भोड्का, चिवास रिगल जस्ता ब्राण्डका अवैध रक्सी भित्रिरहेको सूचनाको आधारमा अपराध महाशाखाले एक जना खुद्रा व्यापारीसँग १४ कार्टुन रक्सी मगाएर थालिएको अनुसन्धानका क्रममा डेढ करोड रुपैयाँ बराबरको मदिरा बरामद भएको थियो । बख्रेलले रवि भनिने भारतीय नागरिकसँग मिलेर राजश्व छली गरी विभिन्न ब्राण्डका मदिरा ल्याउने गरेको यसबाट खुलेको थियो । बख्रेलले विगत ३ महिनादेखि मदिराको अवैध कारोबार गरिरहेको भेटिएको छ । बख्रेल लागूऔषध सम्बन्धी कसूरमा पनि जोडिएका छन् । लागूऔषध नियन्त्रण ब्यूरोका एसपी जीवन श्रेष्ठले ट्रामाडोलसम्बन्धी एउटा मुद्दाका आरोपीबाट बख्रेलको नाम खुलेको र खोजी गर्दा अपराध महाशाखाको हिरासतमा रहेको जानकारि दिनुभयो ।

औषधि व्यवस्था विभाग, लागूऔषध नियन्त्रण ब्यूरो र महानगरीय अपराध अनुसन्धान महाशाखाले केही समय अघि मात्रै संयुक्त अपरेशन चलाउँदा अवैधरुपमा प्याकेजिङ भइरहेको २५ सय केजी सुर्ती, सुपरपावर लेखिएका सुर्तीको खोल ५८० केजी, डोभ स्याम्पु, साबुनलगायतका कस्मेटिक सामग्री लगायतका अवैध कपडा र औषधी समेत गोदाममा भेटिएका थिए । यी विभिन्न अनुसन्धानले ‘बिइङ ह्युम्यान’को आवरणमा नेपालमा अवैध गतिबिधि चलाउने नेपाल सञ्चालक बख्रेलका गतिबिधिले बलिउड अभिनेता खानको फाउन्डेसनलाई समेत बिवादित र बद्नाम बनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6