Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोना कहर : सक्रिय संक्रमित साँढे ७२ हजार, ६० जिल्लामा निषेधाज्ञा

नेपालमा कोरोना कहर : सक्रिय संक्रमित साँढे ७२ हजार, ६० जिल्लामा निषेधाज्ञा


काठमाडौं । नेपालमा कोरोनाको संक्रमणले पछिल्लो समय दैनिकजसो तिब्रता पाइरहेको छ । बिहिबार साँझ सरकारले अध्यावधी गरेको पछिल्लो २४ घण्टाको बिवरण अनुसार ९ हजार ७० जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ ।

अहिले ६७ हजार २४६ जना होम आइसोलेसनमा र ५ हजार ३१५ जना संक्रमित देशभरका विभिन्न अस्पतालस्थित संस्थागत आइसोलेसनमा रहेका छन् । ६५२ जनाको अहिले आइसीयूमा र २०१ जनाको भेन्टिलेटरमा उपचार भैरहेको सरकारी तथ्यांक छ ।

३७ जिल्ला रेड जोनमा
नेपालका ३७ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांक अनुसार २० जिल्लामा पाँच सयभन्दा बढी र १७ जिल्लामा दुई सय बढी कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को पर्सा, धनुषा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन र मकवानपुर यस्तै गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही र कपिलवस्तु अनि कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलालीमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् ।

प्रदेश २ को बारा, महोत्तरी र रौतहट, बागमती प्रदेशको नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली र धादिङ, गण्डकी प्रदेशको गोरखा, तनहुँ र नवलपरासी (पूर्व)मा, लुम्बिनी प्रदेशको नवलपरासी (पश्चिम), गुल्मी र अर्घाखाँची, सुदुरपश्चिम प्रदेशको कन्चनपुर, डडेलधुरा, बैतडी र डोटीमा दुई सयभन्दा बढी संक्रमित रहेको सरकारी तथ्यांक छ ।

देशभरका ७७ मध्ये ६० जिल्लामा निषेधाज्ञा
बिहिबार साँझसम्ममा ७७ जिल्लामध्ये ६० जिल्लामा निषेधाज्ञा जारी भएको छ । गृह मन्त्रालयका अनुसार ६० जिल्लामध्ये अहिलेसम्म ४७ जिल्लामा पुर्ण निषेधाज्ञा र १४ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ ।

बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बर्दियाल सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, गोरखा, बाजुरा, उदयपुर, बझाङ, स्याङजा, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, मुगु, बारा, सिरहा, नवलपरासी पश्चिम, दोलखा, धनकुटा, अछाम, हुम्ला र दाधिङमा पूर्ण निषेधाज्ञा जारी भएको छ । आंशिक निषेधाज्ञा जारी हुनेमा धनकुटा, सिन्धुपाल्चोक, इलाम, तनहुँ, म्याग्दी, ताप्लेजुङ, रामेछाप, कालिकोट, मकवानपुर, पर्वत, काभ्रेपलाञ्चोक, दार्चुला र बाग्लुङ रहेका छन् ।

वैशाख १३ गतेको मन्त्रीपरिषद वैठकले काठमाडौं उपत्यका र तराईका ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भएका जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेसँगै निषेधाज्ञा जारी गर्ने क्रमले तिब्रता पाइरहेको छ । मन्त्रिपरिषद बैठकले १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने अधिकार जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिएपछि यसैका आधारमा विभिन्न जिल्लाले निषेधाज्ञा लागू गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6