Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसर्वसाधारणको लापरवाहीले कोरोना संक्रमण तीव्र बन्यो : प्रधानमन्त्री ओली

सर्वसाधारणको लापरवाहीले कोरोना संक्रमण तीव्र बन्यो : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण सर्वसाधारणको लापरवाहीका कारण पुनः तीव्र गतिमा फैलिएको आरोप लगाउनुभएको छ । अमेरिकी नेटवर्क टेलिभिजन न्यूज च्यानल सिएनएनलाई शनिबार बिहान अन्तर्वाता दिने क्रममा प्रधानमन्त्री ओलीले पहिलो लहरको संक्रमण लगभग नियन्त्रणमा आएपछि सर्वसाधारणले सावधानी नअपनाउँदा दोस्रो लहरले तिब्रता पाएको आरोप लगाउनुभएको हो ।

सिएनएनलाई प्रधानमन्त्री ओलीले भनेका छन्, ‘गएको वर्ष हामीले संक्रमण नियन्त्रणमा लिएका थियौँ। मृत्युदर शून्यमा आएको थियो। संक्रमण पनि दैनिक ५० को हाराहारीमा झरेको थियो। तर मानिसहरुले महामारी सकिएको ठाने, लापरवाही गरे। त्यसकारण महामारीको दोस्रो लहर आयो। हामीले अहिलेको अवस्थालाई नियन्त्रणमा ल्याउन हाम्रो सम्पूर्ण संयन्त्र परिचालन गरेका छौँ।’ अहिले आफूहरु नागरिकलाई सचेत बनाउँदै संक्रमणबाट जोगाउन लागि परेको दाबी प्रधानमन्त्री ओलीले सिएनएनसँगको अन्तर्वाताका क्रममा गर्नुभएको छ ।

नेपालमा हाल कोरोना भाइरसको संक्रमण नियन्त्रणको अवस्थामा रहेको दाबी समेत प्रधानमन्त्री ओलीले गरिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने संक्रमण तीव्र गतिमा फैलिएको र स्वास्थ्य सेवाले थेग्न सक्ने अवस्था नरहेको बताउँदैआएको छ । सरकारले आन्तरिक रुपमा गर्ने सर्कुलर तथा सूचनाहरुमा अवस्था भयावह रहेको बताउने गरिएको छ । तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग भने प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महमारी ‘अन्डरकन्ट्रोल’ रहेको दाबी गर्नुभएको छ । सर्वसाधारणको लापरवाहीलाई दोष लगाउनुभएका प्रधानमन्त्री ओलीले आफूसहितको उपस्थितिमा भएका विशाल राजनीतिक सभा तथा र्‍यालीहरु अहिलेको संक्रमणका लागि कारक रहेको भने स्वीकार गर्नुभएको छैन।

सर्वसाधारणको लापरबाही एकातिर देखिएपनि विगत चार महिनादेखीका राजनीतिक सभा सम्मेलन लगायतका राजनीतिक गतिबिधिले कोरोनाको अहिलेको अवस्था आउनमा मुख्य भुमिका खेलेको कतिपयको आँकलन छ । शुक्रबार एकै दिन नेपालमा ९ हजार १९६ जनामा संक्रमण पुष्टि छ । मृत्युदर पनि विगत भन्दा तिब्र बनेको छ । अहिलेको संक्रमण ४० प्रतिशत वा सोभन्दा माथि रहेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6