Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजलवायु परिवर्तनलाई गम्भीर रुपमा लिन विश्वका नेताहरुलाई संयुक्त राष्ट्रसंघको आग्रह

जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिन विश्वका नेताहरुलाई संयुक्त राष्ट्रसंघको आग्रह


काठमाडौं, एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिन विश्वका नेताहरुलाई आग्रह गर्दै हामीले आफ्नै चिहान निम्त्याइरहेको बताउनुभएको छ । स्कट्ल्याण्डको ग्लास्गोमा सुरु भएको जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप २६ अन्तर्गत लिडर्स समिट अर्थात विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखको सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुट्रेसले जलवायु संकटलाई ‘मानव समुदायको चिहान’सँग तुलना गर्नुभएको हो ।

महासचिव गुट्रेसले जलवायु परिवर्तनलाई सहयोग गर्ने विश्वव्यापी तापमान वृद्धिको कारक हरितगृह ग्यासको उत्सर्जन कटौतीका लागि तत्काल ठोस कदम चाल्न र आफ्नो वाचा पूरा गर्न विश्वका नेताहरुलाई अपिल समेत गर्नुभएको छ । ‘खनिज इन्धनप्रतिको हाम्रो लतले मानवीयतालाई संघारमा धकेलेको छ ।’महासचिव गुट्रेसले भन्नुभएको छ । चेतावनीको भाषामा महासचिव गुट्रेसले भन्नुभयो ‘कि हामीले यसको प्रयोग रोकौँ, होइन भने यसले हामीलाई रोक्ने छ । यो समय अब भयो पुग्यो अति भयो भन्ने बेला हो, कार्बनबाट हामीले आफैलाई मारिरहेका छौँ । खनिज इन्धनको प्रयोग, उत्खनन् अति भयो । हामीले हाम्रो आफ्नो चिहान खनिरहेका छौँ ।’

महासचिव गुट्रेसले जलवायु परिवर्तनको नकारात्मक प्रभावको उच्च जोखिममा रहेको र अहिले नै संकटको सामना गरिरहेका देशहरुलाई सहयोग गर्नका लागि पर्याप्त कोषको व्यवस्था र त्यसमा सहज पहुँचको आवश्यकता औल्याउनुभएको थियो । ग्लास्गोबाट मानव सभ्यतामाथिको गम्भीर चुनौती जलवायु संकटसँग जुध्नका लागि अत्यावश्यक कार्यमा सहमति जुट्ने अपेक्षा उहाँको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6