Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानन्यायाधीश विरुद्धको आन्दोलन : न्यायालय शुद्धीकरणको मुद्धा कि स्वार्थ नमिल्दाको लडाई !

प्रधानन्यायाधीश विरुद्धको आन्दोलन : न्यायालय शुद्धीकरणको मुद्धा कि स्वार्थ नमिल्दाको लडाई !


काठमाडौं । कार्तिक सात गतेदेखि सुरु भएको अदालतको गतिरोध अझै यथावत छ । २३ औ दिनमा बल्ल प्रधानन्यायाधीशले आन्दोलनरत पक्षलाई वार्तामा आउन र समाधान खोज्नका लागि आग्रह गरेका छन् । तर नेपाल बार एसोसियसनले भने वार्तामा नबस्ने जवाफ फर्काएको छ । बार र बेञ्चबीचको टकराब चिर्न प्रधानन्यायाधीश केही लचक देखिए पनि बारको अडानका कारण विवाद थप लम्बिने देखिएको छ ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाले तीन हप्तादेखि आन्दोलनरत बार एशोसिएशनलाई संवादका लागि आग्रह गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले वर्तमान परिस्थितिमा देखिएका गतिरोधलाई सम्बोधनका लागि उपयुक्त विकल्प संवाद नै भएको प्रस्ट पारेका छन् ।न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै प्रधानन्यायाधीश जवराले नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका हुन् ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने जवाफ फर्काएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ प्रधानन्यायाधीश जबराको राजीनामा आफूहरुको मुख्य शर्त रहेको बताउँदै विकृति, विसंगति र भ्रष्टाचारका पक्षपोषक प्रधानन्यायाधीश जबराबाट न्यायालयको गरिमा कायम हुन नसक्ने बताउँछन् । सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले पनि वार्ता एउटा नाटक मात्र भएको बताएका छन् ।

सर्वोच्च प्रवेशमा रोक लगाउने योजना असफल
प्रधानन्यायाधीसलाई सर्वोच्चमा रोक लगाउने नेपाल बार र सर्वोच्च बारेको योजना आइतबार र सोमबार दुबै दिन असफल भयो । प्रधानन्याधीश जवराले बैकल्पिक बाटो प्रयोग गरेर अदालत प्रवेशलाई निरन्तरता दिएपनि आज मंगलबार भने दुवै गेटमा नै प्रदर्शन गर्ने भनिएको छ ।

सर्वोच्चमै देखियो बिभाजन
इजलासमा मुद्दा नहेरेर आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशहरु नै विभाजित भएका छन् । सोमबार नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसँगको छलफल पाँच न्यायाधीशले बहिष्कार गरेका हुन् । इजलास बहिसकार गरेर नागरिकलाई सास्ती दिन नहुने भन्दै न्यायाधीशहरु कुमार रेग्मी, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडाल प्रधानन्यायाधीश जबराप्रति नरम देखिएका हुन । न्यायालय शुद्धीकरणका नाममा आन्दोलनरत बारलाई प्रधान्यायाधीशले सर्वोच्चका न्यायाधीशमै ल्याएको फुटले अफ्ठेयारोमा पार्ने देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6